प्रहरीद्धारा घरेलु मदिरा नष्ट
मुगु न्युज डट कम-----------
असोज ३ मुगु------------
सदरमुकाम गमगढीमा शुक्रवार विहान बजार अनुगमनका क्रममा भेटिएको पन्ध्र सय लिटर घरेलु मदिरा प्रहरी द्घारा नष्ट गरिएको छ ।
नेपालीहरुको ठुलो चाड बडा दशै नजिकिदै आएको र बजारमा मदिरा सेवन गरि झै झगडा हुने तथा अप्रिय घटना घट्न सक्ने सम्भावनालाई मध्य नजर गर्दै मदिरा नियन्त्रणको अभियान सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सदरमुकाममा रहेका होटेलहरुमा ईजाजत प्राप्त मदिरा भन्दा घरेलु मदिराको उत्पादन,विक्रि वितरण बढि हुने गरेको र जसले गर्दा झै झगडा समेत बढि हुने गरेका कारण अबैध मदिरा नियन्त्रणको अभियान थालिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । शुक्रवार गमगढी बजारको नयाँ सडक बजार क्षेत्रमा अनुगमन गर्दा मदिरा बनाउन राखिएका ७० डरम जाँड प्रहरीले नष्ट गरेको छ । जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा बजारका होटेलहरु चेक जाँच गरेको हो ।
अव देखि बजारमा मदिरा सेवन गरि हो हल्ला गर्ने , झै झगडा गर्नेलाई प्रहरीले पक्राउ गरि कानुनी कार्वाही चलाउने भएको छ भने दशै तिहार अबधी भरि कुनै पनि वेला बजारका होटेल दोकानमा छड्के चेक जाँच गरिने स्थानीय प्रशासनले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..