दशैका अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना



मुगु न्युज डट कम--------
असोज ४ मुगु-------------
नेपालीहरुको महान चाड दशैका अवसरमा शनिवार सदरमुकाम गमगढीमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
गमगढी साँस्कृतिक मञ्चद्धारा आयोजना गरिएको कार्यक्रमका अवसरमा विभिन्न नृत्य, गीत तथा कविता बाचन गरिएको थियो ।गीत कविता मार्फत दशैको शुभकामना , मंहगी तथा विकासका शब्दहरु निक्ले पनि नृत्य तथा अन्य सबै प्रस्तुतीहरु हिन्दी र आधुनिक मात्र थिए । कार्यक्रममा शुभकामना दिने सहभागिहरुले स्थानीय भाषा, संस्कृति र सभ्यता जोगाउन स्थानीय कला संस्कृतिलाई जोड दिनु  पर्ने बताएका थिए ।

, , ,

1 comments

पत्रकार जी, हाम्रो अरु यहाँको प्रस्तुतिहरु पनि रहेका थिए । जस्तै, हुड्के नाच, सालै जो, कौडा, देउडा गीत र यहाँको स्थानीय भाषामा स्थानीय कलाकारहरु अभिनित नाटक पनि रहेको थियो । यी सबै प्रस्तुतिहरु नहेर्दै उठेर जाने अनि यस्तो समाचार लेख्न सुहाउँछ र पत्रकार जी ! अन्तिम सम्ममा बसेर सबै प्रस्तुतिहरु हेर्न सक्नु प¥यो नि पत्रकार बन्धु । एउटा हिन्दी गीत बज्दैमा सारा प्रस्तुतिलाई हिन्दीमय भन्नु त अलि मिलेन नि होइन र बन्धु !
गमगढी साँस्कृतिक मञ्च परिवार

बिचार लेख्नुहोस्..