ह्ुम्ला र डोल्पामा खाद्यन्न अभाव



जीबन सेजुवाल-------------
मुुगु १३ असोज--------------
 सडक यातायातले नछोएका कर्णाली अञ्चलका दुई जिल्ला हुम्ला र डोल्पामा यो दशैमा  खाद्यन्न अभाब भएपछि यहाँका सर्बसाधरण अक्षेता लाउने सेतो चामल नपाउने भएका छन ।
 हवाई यातायात मार्फत सुर्खेत नेपालगंजबाट चामल ढुवानी गर्दै सर्बसाधरणलाई मासिक १० देखि १५ किलोग्राम चामल बितरण गर्दै आएको नेपाल खाध्य संस्थानले समयमै चामल ढुवानी गर्न नसके पछि यि दुई जिल्लामा खाद्यन्न अभाब हुने देखिएको छ । डोल्पा खाध्य संस्थानका दुई गोदाम दुनैमा ८ सय क्विन्टल, जुफालमा १ सय क्विन्टल चामल मात्र मौजदाद भएपछि यो जिल्लाका २३ गाबिसका सर्ब साधरणलाई यो खाध्यन्नले नपुग्ने र दुनैमा रहेको ८ सय क्विन्टल चामल सदरमुकाम दुनै आसपासका पाँच गाविसलाई मात्र दशैमा बितरण गर्न पुग्ने  छ ।  अन्य १८ गाबिसलाई चामल बितरण गर्न नसक्ने अबस्था रहेकाले एक केजि चामल समेत बितरण नगरेको खाद्य संस्थान डोल्पाका रामबहादुर बिष्टले बताएका छन ।
यता हुम्ला जिल्लाको खाध्य संस्थानको गोदाममा ५ सय क्विन्टल चामल र ५ सय क्विन्टल गहँु मात्र मौजदाद रहेको छ । जिल्लाका २७ गाबिस मध्ये खाध्य संस्थान सिमिकोट शाँखा बाट १३, श्रीनगर डिपोबाट ४ र सर्केगाड डिपो बाट ९ गाबिसका सर्बसाधरणलाई मासिक १० केजिका दरले  चामल बितरण गर्दै आएको खाध्य संस्थान हुम्ला शाँखाले यो दशैमा सदरमुकाम सिमिकोट नजिकका १३ गाबिसलाई मात्र १०।१० केजी चामल बितरण गर्ने भएको छ भने बाँकि १४ गाबिसका सर्बसाधरणले आफनो गाँउ नजिकका डिपोमा खाध्यन्न सुन्य रहेपछि उनिहरुले दशैमा भात खाने चामलको सट्टा अक्षेता लागाउने चामल समेत नपाउने भएका छन । हुम्ला खाध्य संस्थानका प्रमुख भिम थापाले दिएको जानकारी अनुसार समयमै खाध्यन्न ढुवानि हुन नसक्दा जिल्लामा खाद्यन्न अभाब भएको र तत्काल जिल्ला र अन्य डिपोमा चामल ढुवानी गर्नका लागी नेपाल खाध्य संस्थान केन्द्रिय कार्यालयमा आफुले लिखित मौखिक कुरा गरि रहेको जानकारी दिएका छन ।
,अघिल्लो दशैका लागी बाजुराको कोल्टिबाट एक हप्ता लगाई  भेडा बाख्रामा ढुवानि गरि ४० किलो  चामल ल्याई दशैमा सेतो भात खाईएको थियो , यो बर्ष डिपोमै चामल आउछ भनेर कोल्टि गईएन,  डिपो रित्तै छ खेत गह्रामा लगाएको धान पाकेको छैन अब चिनो कागनोको भातले दशै मनाउने अबस्था रहेको हुम्ला श्रीनगर गाबिस ८ का मान बहादुर महताराले बताए ।
 कर्णाली अञ्चलका पाँच वटै जिल्लाले बर्षेनी चरम खाध्य संकट झेल्दै आएको भएपनि बिगत एक दुई बर्ष यता जुम्ला कालिकोट र मुगुमा सडक यातायातले केहि सहजता भएको छ । अहिले यि तिन  जिल्लामा खाध्य अभाब नभए पनि डोल्पा र हुम्ला जिल्लामा भने दशैको मुखमा खाध्यन्न अभाब हुदा सर्बसाधरणको दशै खल्लो हुने भएको छ । दुवै जिल्लाका बजारमा एक किलो चामलको  एक सय देखी १ सय ५० भन्दा बढी मुल्यमा  विक्रि वितरण भईरहेको छ ।

, , ,

0 comments

बिचार लेख्नुहोस्..