तिब्बती सिमामा राष्ट्रिय झण्डा राखिदै



मुगु न्युज डट कम-----------
साउन १६ मुगु--------------
चिनको स्वशासित क्षेत्र तिब्बतको सिमासंग जोडिएको मुगु गाविसमा नेपालको राष्ट्रिय झण्डा राखिने भएको छ ।
तिब्बतसंग सीमा जोडिएको नेपालका १३ वटा हिमाली जिल्लाहरुका सिमामा रहेका सरकारी कार्यालयहरुमा सरकारले नेपालको झण्डा गाड्ने भनेपछि मुगु गाविसको गाविसको कार्यालयमा झण्डा गाड्न लागेको गाविस सचिव मकरबहादुर रावलले जानकारी दिए । तिब्बतबाट मुगु आउदा सुरुमा भेटिने सरकारी कार्यालयमा राष्ट्रिय झण्डा गाड्ने भन्ने गृह मन्त्रालयको परि पत्र अनुसार मुगु गाविसको कार्यालयमा नेपालको राष्ट्रिय झण्डा गाड्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए । मुगु गाविस पर्यटकिय क्षेत्रसंगै तिब्बतसम्मको प्रमुख व्यापारिक नाका भएकाले पनि राष्टियताको हिसावले पनि नेपालको झण्डा मुगु गाविसमा राखिएको पराजुलीले बताए । मुगुमा पुग्ने विदेशी तथा स्वदेशीहरुले नेपालको भुमीका विषयमा पनि जानकारी लिन पनि झण्डाले महत्व राख्न सक्छ । यदि झण्डा नराख्ने हो भने पर्यटकले त्यो भुमी कहाँको भन्ने बुझ्न सक्दैनन उनले भने ।

, , , , ,

0 comments

बिचार लेख्नुहोस्..