दुई दिन देखि मुगुमा मोबाईल सेवा अबरुद्ध
मुगु न्युज डट कम--------------
मुगु १० असोज,----------
बिहिबार देखि नेपाल टेलिकमद्धारा संचालित सबै मोबाईल सेवा अबरुद्ध भएपछि सर्ब साधरण संचार सेवाबाट बञ्चित हुन पुगेका छन ।
बिहिबार बिहान १० बजे देखि नेपाल टेलिकमको स्काई र नमस्ते मोबाईल सेवा अबरुद्ध हुनुका साथै ल्याण्डलाइर्न एडिसिएल सेवाले समेत भरपर्दो सेवा नदिएपछि पुरै जिल्ला सचार सेवाबाट बञ्चित हुन पुगेको हो ।
हिन्दुहरुको महान चाड बडा दशै शुरु भएकै दिन देखि जिल्ला भर मोबाईल सेवा अबरुद्ध भएपछि अहिले सर्बसाधरण दशैको खुसी साटसाटका साथै आ आफना गन्तब्य तिर लाग्नेहरु सबै भन्दा मर्कामा परेको छन । दुई दिन देखि अबरुद्ध भएको मोबाईल सेवामा कुन समस्याले अबरुद्ध भएको हो भन्ने बारे समेत सर्बसाधरण अनबिज्ञ रहेका छन । दशैको मुखमा नेपाल टेलिकमका सबै कर्मचारी आ आफना घरमा हिडे पछि कार्यालय कार्यलय सहयोगीका रुपमा संचालन भएको छ ।
झण्डै २५ हजार भन्दा बढी मोबाईल सेवा प्रयोगकर्ताहरु मोबाईल सेवा अबरुद्ध भएपछि अहिले प्रयोग कर्ता एनसिएलको सिमकार्ड खोजिमा देखिएका छन बेला बेला नेपाल टेलिकमको सेवाबाट सास्ति व्यहोरिरहेका सर्बसाधरण नेपाल टेलिकमको भन्दा एनसियलको सेवा भरपर्दो भएको बताउछन ।
0 comments
बिचार लेख्नुहोस्..