नेपाली बजारमा आयो दुई सीम लाग्ने सामसुङ ‘ग्यालेक्सी ग्रान्ड


३ चैत, काठमाडौं । स्मार्टफोनको नम्बर एक ब्राण्ड बन्न सफल सामसुङले ग्यालेक्सी ग्राण्ड डूअस मोडलको नयाँ स्मार्ट फोन नेपाली बजारमा बिक्रि सुरु गरेको छ ।
सामसुङको नेपालका लागि आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि (आईएमएस) ले शनिबार राजधानीमा विशेष समारोहका बीच उक्त मोबाइलको सार्वजनिक गर्दै विक्री सुरु गरेको हो ।
grand-du-1
मोबाइलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, आईएमएसका कार्यकारी प्रमुख दीपक मलहोत्रा, निर्देशक दिकेश मलहोत्रा र कार्यकारी अधिकृत विशाल आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो ।
के छन सुबिधा ?
पाँच इञ्चको टच स्क्रीन भएको उक्त मोबाइलमा दुईवटा सीम लाग्छन । थ्री जी सुबिधा रहेको यो मोडलमा अगाडि २ मेगा पिक्सल र पछाडि ८ मेगा पिक्सलको क्यामेरा जोडिएको छ जसबाट एचडी भिडियोसमेत रेकर्ड गर्न सकिन्छ । मल्टी विण्डो भएका कारण मोबाइलको स्क्रीन नै नबदली एकै पटक दुईवटा काम गर्न सकिन्छ ।
नेपाली बजारमा ३७ हजार ५ सय रुपैयाँमा यो मोबाइल पाइने आईएमएसले जवनाएको छ । सामसुङ कम्पनीले ट्याबलेट र स्मार्ट फोनको फ्युजनको रुपमा ग्रान्ड डु एस बजारमा ल्याएको आईएमएसका निर्देशक दिकेश मलहोत्राले बताउनुभयो । एकमुष्ट पैसा तिरेर किन्न नसक्ने ग्राहकहरुलाई कम्पनीले विभिन्न बैंकहरुमार्फत शुन्य व्याजदरमा १२ महिने किस्ताबन्दी सेवा पनि उपलब्ध गराएको छ ।
grand-du-2
ग्यालेक्सी एस थ्री र नोट टुमा उपलब्ध गराएको बीमाको सुविधा यो मोडलमा पनि उपलब्ध छ । त्यसका अतिरिक्त एक वर्षको बिमा कम्पनीकै तर्फबाट निःशुल्क गरिदिने छ । यो मोबाइलको किन्दा ग्राहकले प्रति महिना एन सेलको ५०० एमबी डाटा ३ महिनासम्म प्रयोग गर्न पाउनेछन् । 
grand-du-3

0 comments

बिचार लेख्नुहोस्..