चीनबाट वैकल्पिक उर्जा भित्र्याउन काउन्सिल गठन


४ चैत, काठमाडौं । नेपालमा सोलार तथा वैकल्पिक उर्जाको प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ ‘नेपाल चाइना सोलार प्रोमोसन काउन्सिल’ गठन भएको छ । काउन्सिलले नेपालमा वैकल्पिक उर्जाको प्रबर्द्धन गर्न चिनिया प्रविधि भित्र्याउन सहयोग गर्नेछ ।
नेपाल चीन उद्योग वाणिज्य संघ (एनसीसीसीआई) का अध्यक्ष राजेशकाजी श्रेष्ठको अध्यक्षतामा काउन्सिल गठन गरिएको हो । काउन्सिलको संयोजकमा किरण प्रकाश साखः रहनुभएको छ । त्यस्तै, अवैतनिक सल्लाहकारमा नेपाल विज्ञान तथा प्रविधि अनुसन्धान प्रतिष्ठान -नाष्ट) का प्रा.डा. सुरेन्द्रराज काफ्ले र नेपाल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. गोविन्द पोखरेल हुनुहुन्छ ।
काउन्सिलले सोलार तथा वैकल्पिक उर्जाको प्रवर्द्धनमा चिनिया लगानीकर्ताहरुलाई आकषिर्त गर्ने बताएको छ । चीनको जिनान प्रान्तमा यही मार्च ३१ देखि एपि्रल २ सम्म आयोजना हुने ‘चाइना (जिनान) अफ सोलार इनर्जी युटिलाइजेशन कन्फररेन्स एन्ड एक्जिविसन’मा समेत सहभागिता जनाउने भएको छ । सोही अवसरमा काउन्सिलले चिनिया पक्षसँग व्यापार प्रवर्द्धनका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय गरेको जनाएको छ । समझदारीबाट द्वीपक्षीय लगानीका लागि वातावरण तयार हुने, प्रविधिको आदान-प्रदान हुने साथै सोलार तथा वैकल्पिक उर्जामा प्राविधिक ज्ञानको आदान-प्रदान हुने विश्वास लिएको काउन्सिलका सदस्यहरुले बताएका छन् ।

,

0 comments

बिचार लेख्नुहोस्..