द्वन्द्वमा चार सन्तान गुमाएकी आमा भन्छिन्-’नेतालाई बहिष्कार गर्छु’
९ चैत, तनहुँ । द्वन्द्वको समयमा दुई छोरा, छोरी र एक बुहारीसहित ४ जना गुमाएकी रिस्ती १, सोतीबेसीको ६५ बर्षकी गोमादेवी अधिकारीलाई गणतन्त्र स्थापना पछि नेताहरुले सहिदको सपना साकार पार्छन भन्ने विश्वास थियो । तर कुर्सीमोहमा लिप्त नेताहरुले सहतको सपना विर्सिएकाले अव चुनावमा घरदैलो आउने नेताहरुलाई बहिष्कार गर्ने अडान लिएकी छन् ।
‘कुर्सीको खेलमा सहिदको बलिदान बिर्सनेलाई बहिष्कार गर्ने भएकी छु,’ उनले भनिन् ‘मुलुकलाई सिंगापुर बनाउँछु भन्ने भाषण गर्नेले सहिद तथा बेपत्ता परिवार र मुलुककै छवि धमिलो बनाउने काम गरे ।’ स्थानीय शान्ति समितिले बिहीबार दमौलीमा गरेको सहिद र वेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रममा उनले नेताहरुलको व्यवहारले सहिदको अपमान भएको बताएकी कान्तिपुर दैनिकमा खबर छ ।
द्वन्द्वको समयमा माइलो छोरा भरतचन्द्र र बुहारी कलावती, साइलो छोरा गजेन्द्र र छोरी इन्दुलाई राज्य पक्षले माओवादी भन्दै मारेको थियो । उनले द्वन्द्वकालमा प्रहरीले छोराछोरी माओवादी बनाएको र माओवादी लुकाएको भन्दै पटक पटक प्रहरी यातनाबाट आफ्नो समेत हातखुट्टा राम्रोसँग नचल्ने बताइन् ।
0 comments
बिचार लेख्नुहोस्..