घरमै बसी बसी महिलाहरुले स्तन कसरि बढाउने
घरमै बसी बसी महिलाहरुले स्तन कसरि बढाउने: घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ । छोटकरीमा केही प्रमुख विधिको चर्चा गरौं । क्रिम प्रयोग गरेर स्तन वा मुन्टोको मालिसले स्तनको आकार बढ्ने दाबी गरिए पनि यसले ‘स्थायी’ रूपमा आकार बढ्छ भन्ने कुरा प्रमाणित छैन । केही कसरतले छातीको मांसपेशीलाई बलियो र ठूलो बनाउँछ र यस्तो स्थितिमा स्तन ठूलो भए जस्तो लाग्न सक्छ, तर त्यसले स्तनको ‘कपको आकार’ लाई परिवर्तन गर्दैन ।

विभिन्न रसायनिक औषधियुक्त मल्हमको प्रयोग अर्को उपाय हो । उत्पादनकर्ताको भनाइमा यस्ता मल्हमले सीधै स्तनको तन्तु तथा कोषमा कार्य गरेर त्यसको वृद्धि गराउँछ । हाल स्तन बढाउने विभिन्न किसिमका खाने चक्की विश्व बजारमा उपलब्ध हुन थालेका छन् । जडिबुटी पनि भएको दाबी गरिएका ती औषधि निर्माणकर्ताहरूको भनाइमा यसको सफलता निकै छ ।
जे सुकै दाबी गरिए पनि अमेरिकी FDA तथा National Research Center for Women and Families जस्ता संस्थाले यस्ता कुरा प्रमाणित गर्न बाँकी नै छ । त्यसबाहेक स्तनको आकारमा वृद्धि गर्न पम्पको प्रयोग पनि निकै चर्चामा छ । शल्यक्रिया एउटा अर्को प्रचलित उपाय हो । शल्यचिकित्साले नकारात्मक प्रभावबिना नै नतिजा दिन सक्ने दाबी गरिए पनि त्यसको दीर्घकालीन प्रभावका बारेमा यसै भन्न सकिने स्थिति भने छैन । शल्य चिकित्सा गरेर स्तनको आकार बढाउन सकिन्छ, तर अत्यधिक खर्चका साथै शल्य चिकित्साको कुप्रभावको असर खप्नुपर्ने हुनसक्छ ।
1 comments
बिचार लेख्नुहोस्..
March 20, 2015 at 11:22 PM
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।