तीन महिनामा ३७ सुधार
काठमाडौं, २ चैत । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा मुख्यसचिव लीलामणि पौडेल र खुल्ला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशकमा रामेश्वर यादव आएपछि भएका ३७ सुुुधारका काम सार्वजनिक गरिएको छ ।
२८ हजार ८ सय ८५ जना विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटिएको, छोटो अवधिमा १७ हजार २ सय ७४ ग्राहकबाट सबैभन्दा बढी ३२ करोड १८ लाख ५९ हजार रकम असुली गरिएको, ५८ ग्राहकबाट छुट विल वापतको ४ करोड ६१ लख रुपियाँ असुल गरिएको, उच्च खपतमा रहेका १ सय वटा टिओडी मिटरको विशेष अनुगमन गरिएको उनले सार्वजनिक गरे ।
लोडसेडिङ न्यूनीकरण कार्यक्रमअन्तर्गत गत वर्षभन्दा कुलेखानीको पानीको सतह ५ मिटर सञ्चित गरिएको, २८ करोड ७७ लाख युनिट विद्युत् आयात गरिएको, डिजेल प्लान्ट र मल्टिफ्यूलमार्फत १ करोड २४ लाख ८९ युनिट विद्युत् उत्पादन गरिएको, विद्युत् चुहावट नियन्त्रण कार्यक्रमअन्तर्गत २६ हजार ८ सय ५ जनालाई कारबाही गरी करिब ५ मेगावाट चोरी विद्युत् बचत गरेको, बढी चुहावट हुने क्षेत्रमा थप लोडसेडिङ तथा मध्य मस्र्याङ्दी र कालीगण्डकी १ आयोजनाको मर्मत गरिएको सार्वजनिक सुधार कार्यक्रममा उल्लेख छ । त्यसैगरी व्यवस्थापकीय सुधारअन्तर्गत उपत्यकाबाहिर कार्यक्षेत्र रहेका आयोजनाहरूको काठमाडौंस्थित क्षेत्रीय कार्यालयहरू बन्द गरिएको र सबै कर्मचारीलाई फिल्डमा पठाइएको, ग्राहक सेवासम्बन्धी गुनासोको लागि टोल फ्रि नम्बर, एसएमएस लगायतको व्यवस्था गरिएको, क्षेत्रीय प्रमुख तथा वितरण केन्द्र प्रमुखको छनोट तथा पदस्थापना आन्तरिक प्रतिष्पर्धाबाट गर्ने कार्य सुरु गरिएको लगायतका कार्यहरू भएको सुधारसम्बन्धी कार्यहरूमा उल्लेख छन् ।
‘तीन महिनाको छोटो अवधिमा हामीले चुहावट नियन्त्रण, भत्ता प्रशासनिक संयन्त्रलाई चुुस्त बनााउने कार्यका साथै जलविद्युत् आयोजनालाई समयमै बनाउनका लागि अग्रसर भएको र प्रसारण लाइनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।’– मुख्य सचिव पौडेलले भने । उनले सुपर सिक्स आयोजनालाई डलरमा पिपिए गर्नको लागि थप विशेषज्ञ टोली बनाउनुपर्ने, पहिलाको डिजेल किन्ने प्रस्ताव महँगो देखिएकोले त्यसलाई रद्ध गरिएको बताउँदै ३/३ महिना परीक्षण गर्नुपर्ने टिओडी मिटर १० बर्षसम्म परीक्षण नगरिइएको पाइएको बताए ।
0 comments
बिचार लेख्नुहोस्..