फेरि सडक मिचेर पर्खाल ठड्याउँदै एभरेस्ट होटल
काठमाडौं, २ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विस्तारका क्रममा भत्काएको बाटो मिचेर नयाँबानेश्वरस्थित एभरेस्ट होटलले पर्खाल ठड्याउन सुरु गरेको छ । होटलले सडकको करिब दुई सय वर्गमिटर जग्गा मिचेर पर्खाल बनाउन थालेको हो ।
सडक विस्तारका क्रममा ट्राफिक प्रहरीले सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटर दूरीभित्रका सबै
भौतिक संरचना भत्काएको थियो । यही क्रममा एभरेस्ट होटलले सडक अतिक्रमण गरी बनाएको स्विमिङ पुल, बगैँचालगायत भौतिक संरचना भत्काइएको थियो ।
होटलले आºनो जग्गाको साविक साँधभन्दा दुई मिटरवरै पर्खाल लगाउन सुरु गरेपछि तत्काल स्थगन गर्न उपत्यका विकास प्राधिकरण, काठमाडौंले महानगरपालिका र उपत्यका सडक विस्तार आयोजनामा पत्र काटिसकेको छ । प्राधिकरण काठमाडौंका आयुक्त डा. भाइकाजी तिवारीले होटलबाट सडकको जग्गा बलजफती मिचिएको देखिएपछि तत्काल रोक्न पत्र काटिएको बताए । उनले भने, ‘सडक विस्तारका क्रममा हामीले सडकको दायाँ–बायाँ २५–२५ मिटरको दूरीभित्र बनेका भौतिक संरचना भत्काए थियौँ । यही क्रममा एभरेस्ट होटलले मिचेको जग्गा क्लियर गर्यौँ । तर, अहिले होटलले साविक साँधभन्दा पुन: दुई मिटर पर जग खनी पर्खाल लगाएको छ, यो गलत हो ।’
होटलभित्र प्रवेश गर्ने मूलगेटदेखि बाहिरिने गेटसम्मको लम्बाइ करिब सय मिटर छ । साविक साँधभन्दा दुई मिटर पर सारी पर्खाल लगाउँदा सडकको करिब दुई सय वर्गमिटर जग्गा मिचिएको प्रस्ट देखिन्छ । यस आधारमा होटलले जानाजान सडकको झन्डै ६ आना जग्गा मिच्न लागेको छ । बानेश्वर क्षेत्र सडक क्षेत्रमा प्रतिआना जग्गाको मूल्य एक करोडभन्दा धेरै छ । यस आधारमा एभरेस्ट होटलले कम्तीमा ६ करोड रुपियाँ मूल्यबराबरको जग्गा मिचेको पुष्टि हुन्छ ।
प्राधिकरणका आयुक्त तिवारीले होटलले सडक हाताभित्रको जग्गा मिचिएको देखिएपछि तत्काल सरोकारवाला निकायमा पत्र पठाए पनि अहिलेसम्म कदम नचालिएको बताए । उनले भने, ‘होटलले बद्मासी गरेको देखियो । महानगरपालिकामा पत्र पठाएका छौं । तर, त्यसको कार्यान्वयन भएजस्तो देखिएको छैन ।’
होटलले यसअघि मिचेको जग्गा खाली गराउन पनि निकै कसरत गर्नुपरेको थियो । ट्राफिक प्रहरी महाशाखाका तत्कालीन प्रमुख डिआइजी गणेश राईले होटलबाट अतिक्रमित जग्गा ‘क्लियर’ गर्न बल नै प्रयोग गर्नुपरेको बताए । उनले भने, ‘सडक विस्तारका क्रममा मिचिएको जग्गा खाली गर्न खोज्दा होटलले हस्तक्षेत गर्यो । बल प्रयोग गर्दा ठूलै शक्तिको चलखेल भयो । तैपनि, हामीले भत्काइछाड्यौँ । तर, अहिले त्यही जग्गा मिचेर पर्खाल लगाएको मैले पनि देखेँ, यसले मलाई निकै दु:खी बनाएको छ ।’
डिआइजी राईले सडकको जग्गा मिची होटलले सार्वजनिक अपराध गरेको बताए । उनले भने, ‘दायाँ–बायाँ २५–२५ मिटरको दूरीभित्र पर्ने अरूको पनि भौतिक संरचना भत्काइएको छ । अरूले त्यसलाई स्वीकार गर्ने तर होटलले उल्टै मिच्ने काम गर्नु कानुनी राज्यको खिल्ली उडाउनु हो । यस्ता कार्य गर्नेलाई कारबाही गरिनुपर्छ ।’
डिआइजी राईले होटलले जग्गा मिची भौतिक संरचना बनाएको विषयमा पहिले पनि उजुरी परेको बताए । मिचिएको जग्गा केही वर्षअघि नै खाली गर्न खोज्दा ठूलै शक्तिको चलखेल भएको डिआइजी राईको भनाइ छ । उनले भने, ‘होटलले अवैध रूपमा सार्वजनिक जग्गा मिचेको उजुुरी त पहिले पनि परेको रहेछ । भत्काउने प्रयास पनि पटक–पटक भएको रहेछ । तर, ठूलै शक्तिको चलखेल भएपछि स्थगन भएको पाइयो ।’

0 comments
बिचार लेख्नुहोस्..