मलेसियामा ज्यान गुमाएका सुक वहादुरको शव नेपाल पठाइयो पीडित परिवारलाई तीन लाख रुपैयाँ सहयोग


क्वालालम्पुर । मलेसियामा उपचारकै क्रममा ज्यान गुमाएका पाचँथर आगन – ६ का १९ वर्षीय सुक वहादुर सम्वाहाम्फेको शब नेपाल पठाइएको छ । जोहोरको गेलनपत्ताको फलासटोनिक कम्पनिमा कार्यरत सँबाहाम्फेको गत मार्च ३ तारिखमा अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । उनी गत फेव्रुवरी ६ मा कम्पनीमा काम गर्दा गर्दै ढलेपछि अस्पताल पुर्‍याइएको थियो । सुक वहादुर जोहोरवारुको गेलनपत्तामा रहेको फलासटोनिक कम्पनीमा रोजगारको लागि सात महिना अगाडि मात्रै मलेसिया आएका थिए ।
पीडित परिवारलाई ३ लाख सहयोग
यसैवीच मृतक सम्बाहाम्फेका आठ महिनाको छोरालाई मलेसियावाट तीन लाख रुपैयाँ सहयोग पठाइने भएको छ । जोहोरको गेलनपत्ताको फलासटोनिक कम्पनिमा कार्यरत साथीहरु, स्थानिय व्यक्तिहरुसहित फलासटोनिक तथा सेनाईमा रहेको फलासटोनिक कम्पनीका साथीहरुले मृतकको आठ महिनाको छोराको भविश्यलाई सफल वनाउन सहयोग रकमहरु जम्मा गरिरहेका छन् । यसैक्रममा विजय शर्मा,नरेश सापकोटा,लोक वहादुर सुर्यवंशि, विक्रम गौतम,टेक वहादुर क्षेत्री, ओमकान्त धमला,मोहन वस्नेत,मिलन राना,एकनाथ रिमाल,सुर्य किरण साङपाङ,राजेन्द्र थापा र मनिराईको सकि्रयतामा ११ हजार ५ सय ९० रिगेटे संकलन भएको छ ।
यसैगरी सेनाई फलासटोनिकमा कार्यरत ध्यान वहादुर राईको सकि्रयतामा आरएम ६सय १४ गरी जम्मा १२ हजार २सय ४ रिगेट अर्थात नेपालको साढे ३ लाख रुपैयाँ जम्मा भएको हो । संकलित रकम मध्ये मृतकको अंकलको नाममा ५० हजार रुपैयाँ र शव लिएर नेपाल जाने साथी रमेश भण्डारीलाई ५ सय रिगेट दिईएको छ भने अन्य वाँकी रकम करीव ३ लाख रुपैयाँ मृतकका नावालक छोराको नाममा खाता खोली पठाइने भएको छ । साथीभाईले निजको परिवारलाई अरु पनि सहयोग गर्ने वताएका छन् । यस्तै सम्बाहाम्फे कार्यरत कम्पनीले पनि मृतकको विमा रकम करीव १० हजार रिगेटको लागि पहल गरिरहेको सुन्दर श्रेष्ठले जनाएका छन् ।

,

0 comments

बिचार लेख्नुहोस्..