सदरमुकाममा नै शौचालयको समस्या÷ बजारका २५ प्रतिशत घरमा शौचालय बन्न बाँकि
सुमन मल्ल,मुगु -
जिल्ला भरिमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने अभियान सञ्चालन भइरहे पनि सदरमुकाम गमगढीमा नै शौचालयको समस्या देखिएको छ ।
जिल्ला भरिका २४ वटा गाविसहरुमा खुला दिसा मुक्त क्षेत्र घोषणा गर्न एक घर १ शौचालय निर्माण गर्न कर्णाली रोजगार कार्यक्रमको रकम लगानी गरिएको छ । चालु आर्थिक वर्ष र गत आर्थिक वर्षमा कर्णाली रोजगारको झण्डै ६ करोड बढी यो अभियानमा लगानी गरिएको भए पनि परिणाम सकरात्मक आउन सकेको छैन । अहिलेसम्म जिल्लाका २४ गाविस मध्य ७ वटा गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गरिएको भए पनि खानेपानीको पर्याप्त व्यवस्था नहुदा समस्या देखिएको छ ।
सदरमुकाम गमगढीमा सवै भन्दा बढी मान्छेको चाप हुने भए पनि अहिलेसम्म सार्वजनिक शौचालयको व्यवस्था हुन सकेको छैन । गमगढी बजारका २५ प्रतिशत घरधुरीमा हाल सम्म पनि शौचालय बनेका छैनन । बाहिरबाट बजारमा आउनेहरुले सार्वजनिक शौचालय नहुँदा जथाभावि खुला दिसा गर्दा बजार नै फोहोर हुने गरेको छ भने सरोकारवाला निकाय मौन छन । सदरमुकाम जोडिएको श्रीनगर गाविसले सार्वजनिक शौचालय, खेल मैदानको व्यवस्था गर्नु पर्ने भए पनि मौन देखिएको छ । विभिन्न गैर सरकारी संस्थाले बजारको फोहोर व्यवस्थापन गर्न फोहोर मलाई लेखिएका काठका बक्स बनाए पनि गाविसले बजारमा राख्न सकेको छैन ।
बजार भरि टोल सुधार समिति गठन गरि फोहोर व्यवस्थापन गर्न धेरै प्रयास गरिए पनि उपलब्धी हाँसिल गर्न नसकिएको श्रीनगर गाविसका सचिव भरत बहादुर शाहीले बताए ।
गमगढी बजारमा सार्वजनिक शौचालय निर्माण गर्न बेला बेला छलफल र बहस भए पनि बजारमा रहेको सार्वजनिक जग्गा समेत अतिक्रमण गरिएकाले थप समस्या श्रृजना भएको छ ।
चालु आर्थिक वर्ष भित्र जिल्लाका २४ गाविस मध्य १० वटा गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिईएकोमा ७ वटा घोषण भईसकेका र ४ वटा तयारी अवस्थामा रहेको जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले जानकारी दिए । सदरमुकाम गमगढीको बजार तथा फोहोर व्यवस्थापन गर्न गाविसलाई ताकेता गरिएको र अब छिट्टै अनुगमन थालिने छ स्थानिय विकास अधिकारी गौतमले भने ।

0 comments
बिचार लेख्नुहोस्..