एकिकृत घुम्ति शिबिरमा लगिएको पाँच क्विन्टल चामल माओबादीले लुटे


जीबन सेजुवाल
गमगढी ४ जेठ सरकारी कार्यलय बाट प्रबाह हुने सेवा ग्रामिण क्षेत्रका सर्बसाधरण लाई पु¥याउने उदेश्यले जिल्लाको ग्रामिण भेग सोरु कोटमा आईतबार देखी संचालन हुने एकिकृत घुम्ति शिबिर अबोरोध गर्ने भन्दै नेकपा माओबादीले शुक्रबार शिबिरसंचालनका लागी जाने सरकारी कर्मचारीका लागी लगीएको पाँच क्विन्टल चामल माओबादी कार्यकर्ताले लुटेका छन ।
 जिल्लाका बिभिन्न भागमा सरकारी कार्यलय बाट प्रबाह गरिने सेवा बितरणका लागी एकिकृत घुम्ति शिबिर संचालन गर्नका लागी सबै राजनितिक दल हरुको सहमतिमा शिबिर संचालन भई सकेका भएपनी आईतबार देखी सोरु भेगका सात गाबिसका सर्बसाधरण लाई सरकारी कार्यलय बाट प्रबाह हुने सेवा प्रदान गर्नका लागी शिबिर संचालन गर्ने भनिएपनी नेकपा माओबादीका कार्यकर्ताले अबरोध पु¥याउने चेतवानी दिदै शिबिरमा लगिएको पाँच क्विन्टल चामल जिमा गाबिसको लुम्ला काँध बाट खच्चडमा ढुवानी गरी लिदै गरेको अबस्थाम लुटिएको छ। भने नेकपा माओबादीका जिल्ला भरका कार्यकता शिबिर संचालनमा अबरोध पु¥याउन सोरुकोटमा पुगेका छन ।
 घुम्ति शिबिर संचालनका लागी प्रमुख जिल्ला अधिकारी हिरा लाल चौधरीको संयोजगत्वमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक दिनेश भण्डारीको नेतृत्वमा ३२ सुरक्षकर्मी सहित जिल्लाका सम्पूर्ण सरकारी कार्यलय हहरका प्रमुख सहित अन्य कर्मचारी त्यस क्षेत्र तर्फ शुक्र बार बिहानै हिडेको भएपनी एक दिन अगाडीनै माओबादी कार्यकर्ताले शिबिर संचालनमा गएका कर्मचारीको खाने चामल लुटेका हुन ।
 यो भन्दा अगाढी अन्य भेगमा सम्पन्न भएका शिबिरमा नेकपा माओबादीले फोटो सहितको मतदाता नामवली संकलन कार्य शिबिरमा होस या अन्य कुनै पनी बेला लिन नपाउने भनी सर्बदलिय बैठकमा कुरा उठाएपछी शिबिरमा फोटो सहितको मतदाता कार्य रोकि अन्य सबै सेवा प्रदान गरीएका भएपनी यो पटक भने नेकपा माओबादीले सबै कार्यमा अबोरोध गर्ने जानकारी बाहीर आए पछी पहिलो पटक घुम्ति शिबिरमा यत्रो संख्यामा सुरक्षा कर्मि लगिएको छ ।
 जिल्लाका चार भेग मध्य खत्याड, करान, भेगमा कुनै अबोरोध बिनानै शिबिर सम्पन्न भई सकेका छन भने गम भेग सदरमुकाम नजिकको क्षेत्र भएकाले शिबिर संचालन गरीएको छैन    सदरमुकाम देखी  दुई दिन टाढाको सोरु भेगको सोरु कोटमा आईतबार देखी संचालन हुने शिबिरमा सरकारी कार्यलय बाट हुने सम्पुर्ण सेवा प्रबाह सहित फोटो नामवली कार्यको सेवा पनी हुने भएको छ । यता माओ बाद िकार्यकर्ताले भने कुनै पनी हालतमा शिबिर संचालन गर्न नदीने बताउछन ।

, , , , ,

0 comments

बिचार लेख्नुहोस्..