विद्यार्थी यार्साको खोजिमा जान थाले पछि करान भेकका विद्यालय बन्द हुने अवस्थामा
सुमन मल्ल
मुगु , जिल्लाको पुर्वि भेकका हिमाली क्षेत्रमा पाईने यार्सा गुम्बाको खोजिमा विद्यार्थी जान थाले पछि करान भेकका पाँच गाविसमा सञ्चालित विद्यालयहरु बन्द हुने क्रम सुरु भएको छ ।
मुगु गाबिसको रिमार, ठुलो कोईकी, सानो कोईकी, हङ्गदङ्गखोला,छापाखोला,र डोल्फु गाबिसको छाँयानाथ बन क्षेत्रमा यार्सागुम्बा पाईने गरेको छ । बालबालिकाहरुले यार्सा धेरै संकलन गर्ने तथा न्युनतम डेढ लाखसम्म आम्दानी गर्ने भएकाले अभिभावकहरुले बालबालिकाहरुलाई विद्यालयमा नपठाएर आफुसंगै यार्सा संकलन गर्न हिमालतिर लिने गर्दा विद्यालयहरु विद्यार्थी विहिन हुने गरेका शिक्षकहरुको भनाई छ । विद्यार्थीहरु सबै हिमालतिर लागेपछि कतिपय
करान भेकका पाँच गाविस मुगुको १, पुलुका ४, डोल्फुका ३,किम्रीका ४ र माँग्री गाविसका ४ विद्यालय यो वेला पुर्ण रुपमा बन्द हुने गरेका छन । सदरमुकाम गमगढी आसपासका रुगा र रोवा गाविसका विद्यालयहरुमा समेत यसको प्रभाव पर्ने गरेको छ । छोटो समयमा धेरै आम्दानी हुने भए पछि अभिभावकहरुले बालबालिकालाई यार्सा संकलन गर्न हिमाल तिर लिदा त्यहाँ कार्यरत शिक्षकले विद्यालय खोल्ने र बन्द गर्ने काम मात्र गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । अनौपचारिक रुपमा विद्यालय बन्द नगर्न त्यस भेकका शिक्षकलाई निर्देशन गरिएको भए पनि विद्यार्थी विहिन विद्यालयहरु बन्द भने नहुने जिल्ला शिक्षा अधिकारी मान बहादुर घिमिरेको दावि छ ।
यसो त करान भेकबाट गमगढी आई बसोबास गरिरहेका स्थानीयवासीहरुले गमगढीमा निजी तथा सरकारी विद्यालयमा भर्ना गरिएका बालबालिकाहरुलाई समेत यार्सा खोज्न हिमाल तिर लिईसकेका छन । उनिहरु अहिले यार्सा खोज्न हिमाल तिर गएपछि एकै चोटि असारको अन्त्यतिर मात्र फर्किने गर्दछन ।
यार्सा संकलनका लागि जिल्ला भित्र र बाहिरका हजारौ यार्सा संकलकहरु हिमाल तर्फ गईरहेका छन । यस पटक यार्सा संकलन गर्ने जिल्ला भित्रका संकलकबाट एक हजार र जिल्ला बाहिरका संकलकबाट एक हजार पाँच सय बन प्रवेश शुल्क लिईने मुगु गाविसका सचिब मकर बहादुर रावलले बताए ।

0 comments
बिचार लेख्नुहोस्..