स्ववियु पदाधिकारीमा दलिय भागबण्डा
मुगु १६ जेष्ठ
मुगु जिल्लामा अवस्थित रारा क्याम्पस र महादेव चतुरदेव क्याम्पस मध्य सदमुकाम गमगढीमा रहेको रारा क्याम्पसमा स्वतन्त्र विधार्थी
यूूनियनको निर्वाचन नभई पदाधिकारी दलिय भागबण्डा गरियको छ ।
भागवण्डामा काग्रेस सर्मथक नेपाल विधार्थी संघ लाई सभापती सह सचिव सहित दुई सदस्य एमाले समर्थक अनेराश्ववियू लाइ उप सभापती सहित दुई सदस्य माओवादी वैघ समर्थक अखिल क्रान्तिकारीलाई
सचिव सहित दुई सदस्य एमाओवादी सर्मथक विधार्थी संगठन अखिल क्रान्तिकारीलाई कोषाक्ष्यक्ष सहित दुई सदस्य राष्टिय जनमोर्चा समर्थित अखिल छैटौलाई एक सदस्य र राष्टिय प्रजातन्त्र पाटी सर्मथित राष्टिय प्रजातान्त्रीक विधाथी संघलाइ एक सदस्य भाग लगाइएको छ । भागबण्डामा ६वटै दलका जिल्ला अध्यक्ष तथा सभापती सहभागी भएको रारा क्याम्पस प्रमुख डम्वर रावलले मुगु न्लायूजलाई जानकारी गराउनु भयो ।
उता महादेव चतुरदेव क्याम्पसमा संगठन दर्ता गराएका चार विधार्थी संगठनहरु बिच सहमती प्रयास भइरहेको क्याम्पस प्रमुख दिपक सावतले जानकारी गराउनु भयो ।
0 comments
बिचार लेख्नुहोस्..