सर्व साधारण यार्शा टिप्न हिमाल तिर लागे पछि सदरमुकाम र गाँउघर सुनसान

नूपेन्द्र बहादुर मल्ल,मुगु २१ जेष्ठ
          यार्शा टिप्ने सिजन शुरु भए लगतै यहाँका सर्व साधारण हिमालतिर लागे पछि मुगु जिल्लाको सदरमुकाम गमगढी सानसुन भएको छ ।
सदरमुकाम स्थित सरकारी तथा गैर सरकारी संघ संस्थामा विभिन्न कामको सिलसिलामा आउने सेवाग्रही, बजारमा किनमेलका लागी आउने गा्रहकहरु र गमगढीमा व्यापार व्यवसाय गनें व्यपारी समेत वहुमुल्यवान वुटि यार्शागुम्वा संकलन र खरिद गर्न यार्शा पाईने स्थान तिर लागे पछि सदमुकाम गमगढीमा  चहलपहल कम हुन गई बजार सुनसान भएको हो /                           
                                 बजार मात्र नभएर गाँउ  घरका युवा जनशक्ति पनि हिमाल तिरै लागे पछि गाँउ घरमा बालबच्चा र वूद्ध मात्र छन । पिना ६ कोटील्लाका ६२ बषर््िाय रडक्या भाम आफनै भाषामा भन्छन गाँउदा जातक(बच्चा) र हामी मात्त छउ,मरे पनि फाल्या मान्ठ नाइ । उता उधोग वाणिज्य संघ मुगुका अध्यक्ष नरविर रावत भन्छन सबै यार्शा टिप्न गएकाले बजारमा गा्रहक नहुदा व्यापार छैन,पसलका ढोका खोल्ने काम मात्र हुन्छ । गाँउ घर,बजार मात्र होइन सेवाग्रही नआउदा कार्यालय खोल्ने काम मात्र भएको कर्मचारीहरु बताउ छन                                      
    गत वर्षहरुमा जेष्ठ महिनाको पहिलो साताबाट यार्शा संकलन गरिने गरीएता पनि यो वर्ष मुगु र डोल्फु गाँउ विकास समितीहरुले दोसो्र साताबाट संकलक र खरीदकर्तालाई वन क्षेत्रमा प्रवेश अनुमती दिएका थिए । प्रवेशका लागी ति गा.वि.स.हरुले जिल्ला बाहिरका संकलकलाई प्रति व्यतmी रु १५ सय र जिल्ला भित्रका संकलकलाई प्रति व्यक्ति रु एक हजार तोकेका थिए । प्रवेश शुल्कबाट मात्र ९४ लाख शुल्क संकलन भएको मुगु गा.वि.स. का सचिव मकर रावलले बताए । यो वर्ष यार्शा संकलन र खरिद गर्न ७ हजार जना पुगेको पनि सचिव रावलले वताए । यो वर्ष यार्शाको मुल्य प्रति के.जी रु १८ लाख रहेको,रामो्र यार्शा प्रती एक वुटीको रु ६०० पर्ने र तिन हजार वुटीको एक के.जी पुग्ने व्यापारीहरु बताउ छन ।

,

0 comments

बिचार लेख्नुहोस्..