यार्सा खोजिमा गएका एक जनाको मृत्यु ,चिसोले संकलनकर्ता घर फर्कन थाले

जीबन सेजुवाल
 मुगु गाबिसका बिभिन्न पाटन क्षेत्रमा पाईने यार्सा संकलनमा गएका एक युवकको भिर बाट लडेर मृत्यु भएको छ भने चिसोले यार्सा नभेट्टिएपछी दिनहु ५० जना भन्दा भढी घर फर्कन थालेका छन ।
  १२ गते घर बाट हिडी १५ गते बन प्रबेश गरेका जिल्लाको पश्चिम भेगमा पर्ने गम्था गाबिस  चार निबासी ३२ बर्षिय चन्द्र बुडथापा  ठुलो कोखीमा यार्सा खोजिमा जाने क्रममा भिर बाट खसेर सोमबार घट्ना स्थलमै मृत्यु भएको सिमा प्रहरी चौकि मुगुका प्रसनि निम बहादुर डाँगी ले जानकारी दिएका छन ।
 हिउदमा परेको हिउ अझै सम्म नपग्लेको र यो शिजनमा हल्का पानी पर्न बित्तिकै हिउ पर्न थाले पछी यार्सा गुम्बु पनी  नभेट्टिने र चिसोले पेट पुल्ने जस्ता समस्या देखिन थाले पछी यार्सा पाईने पाटनमा गएका स.कलन कर्ता दिनहु ५० जना भन्दा  बढी आ आफोनो घरमा फर्कन थालेका सिमा प्रहरी चौकि मुगुले बताएको छ ।
गत बर्षमा हिमपात कमै परेकाले संकलन कर्ता हरु एक महिना सम्म खोजिमा रहेका भएपनी यो बर्ष भने बाक्लो हिमपातका कारण यार्सा नभेट्टिएपछी  चिसोले ज्यानै जाने खतरा देखिएकाले संकलन कर्ताले खोनिमा जाँदा लिएको रासन पानीको खर्चको रकम नउठाई पर्कनु परेको निदको प्रति ब्यक्ति दुई देखी पाँच सम्म मात्र भेट्टिएको खोजि बाट घर फर्किएका जूम्ला जिल्ला डिल्लीचौर गाबिसका नन्द बुढा बताउछन ।

0 comments

बिचार लेख्नुहोस्..