विएड प्रथम वर्षको परिक्षाफल शुन्य

असाढ,८ मुगु
 त्रिभुवन विश्व विद्यालय रारा शिक्षा क्याम्पस मुगुको शिक्षा संकाय तर्फ वि.एड प्रथम वर्षको परिक्षा फल शुन्य आएको छ ।
 क्याम्पसबाट परिक्षामा सामेल भएको एक सय तेईस जना परिक्षार्थी सवै परिक्षामा अनुतिर्ण भए पछि क्याम्पसले विश्व विद्यालय अनुदान आयोगबाट पाउने अनुदान रकममा कटौति हुने भएको छ । यो भन्दा अगाडी रारा क्याम्पसमा नै वि.एड दोस्रो वर्षको परिक्षा फल समेत शुन्य आएको थियो । तर रातापानी क्याम्पसको नतिजा सन्तोषजनक आएको भनिए पनि कति परिक्षार्थी उतिर्ण भए भन्ने कुरा क्याम्पसले जानकारी दिएको छैन ।
ह्ुम्ला जिल्लाको सिमिकोटमा सञ्चालित मानसरोवर बहुमुखि क्याम्पसको नतिजा समेत शुन्य आएको छ । एक सय विस जना परिक्षार्थी सवै अनुतिर्ण भएका छन । विद्यार्थीले क्याम्पसमा भर्ना गरे पनि कक्षामा कहिले पनि सहभागि नहुने , स्वअध्ययनको वानी पनि नभएको र परिक्षामा कडाई गरिएका कारण नतिजा शुन्य आएको रारा क्याम्पसका प्रमुख डम्बर बहादुर रावलको दावी छ ।

0 comments

बिचार लेख्नुहोस्..