बर्षाले यातायात अवरुद्ध हुँदा विकास योजना ठप्प

 असाढ ८
 
मुगु न्युज डट कम
 केहि दिन अघि भएको वर्षाका कारण हवाई तथा पैदल यातायात अबरुद्ध हुँदा जिल्लाका विकास योजनाहरु ठप्प भएका छन ।
वर्षा सुरु हुनु अगाडी नै सरकारी कार्यालयका प्रमुखहरु राजधानी तर्फ गएका र वर्षाले यातायातका साधन नचल्दा उनिहरु फर्किन ढिलाई भएपछि विकास आयोजना रोकिएका हुन । आर्थिक वर्ष सकिन दुई हप्ता मात्र बाँकि रहँदा विकासी कार्यालयहरु जिल्ला विकास समिति, स्वास्थ्य , कृषि , शिक्षा लगायतका कार्यालयका प्रमुखहरु जिल्ला नपुग्दा निर्माण भईसकेका योजनाको अनुगमन , मुल्यांकन र भुक्तानी हुन सकेको छैन भने विकास निर्माणका लागि खर्च हुन नसकेको बजेट परिचालन हुन नसक्दा फिर्ता जाने सम्भावना बढेर गएको छ ।
 आर्थिक वर्ष सकिन थोरै दिन मात्र बाँकि रहेकाले खर्च हुन नसकेको बजेट एकै दिन कागजमा योजना सम्पन्न गरि अनियमितता हुन सक्ने सम्भावना पनि उतिकै देखिन्छ । विगतका आर्थिक वर्षहरुमा समयमा नै खर्च हुन नसकेको बजेटलाई काम सम्पन्न नभए पनि काम सम्पन्न भएको कागज बनाउने र भुक्तानी समेत त्यहि प्रक्रियाले हुने गरेका उदाहरण समेत छन ।
  चालु खर्चका लागि असार विस गतेबाट आर्थिक वर्ष सकिन्छ भने पुँजिगत खर्चका लागि भने असार २५ गते सकिने प्रावधान छ । 

0 comments

बिचार लेख्नुहोस्..