गाविसको रकम दलिय भागबण्डा,
सुमन मल्ल,
गमगढी,असार, ११,कर्णाली रोजगार कार्यक्रमको रकम फोतु गाविसमा दलिय भाग भण्डा गरिएको छ ।
फोतु गाविसका स्थानीय राजनितिक दलका नेता कार्यकर्ताहरुले वर्षेनी गाविसको रकम विकास योजनामा भन्दा व्यक्तिगत रुपमा भागबण्डा गर्दै आएका छन । चालु आर्थिक वर्षको कर्णाली रोजगारको रकम रु ६ लाख गाविसका अगुवा भनिएका एमालेका खडक बहादुर शाही, काँग्रेसका लोकेन्द्र शाही र माओवादीका पदम शाहीले गाविस सचिव कृष्ण राज न्यौपानेबाट भुक्तानी लिएका छन ।
गाँउ परिषदलमा कर्णाली रोजगारको रुकम एक घर एक शौचालयमा लगानी गर्ने ,शौचालय बनाउन स्यमं घरधुरीलाई नगद भुक्तानी दिने र शौचालय बनाएको नबनाएको गा.वि.स.ले अनुगमन गर्ने निर्णय बिपरीत गाविसमा सचिव बाहेक अन्य कुनै कर्मचारी नभए भन्दै आर्थीक प्रलोभनले नेताहरुले चर्पी नबनाएका घर धुरीलाई चर्पीमा प्रयोग हुने सामाग्री दिने र चर्पी बनाएका घर धरीलाई नगद दिने र त्यसको सम्पुर्ण जिम्मेवारी लिने भन्दै रकम लिएको गाविस सचिव न्यौपानेले बताए ।
अर्को तर्फ शौचालयको सामान खरिदमा सिण्डिकेट श्रृजना गरिएको छ । स्थानीयवासीले अन्यत्र सामान खरिद गर्न नपाओस भनेर खडक बहादुर शाहीको पसलबाट सामान खरिद गर्ने आन्तरिक तयारी गरिरहेका छन ।
गत वर्ष पनि गाविसमा सोलार वितरण गरेको भन्दै उनिहरुले गाविसबाट पाँच लाख १४ हजार रकम लिए पनि सोलार विक्रेता तिर्थराज चौलागाईलाई २ लाख दिएका थिए भने तिन लाख तिन जनाले भाग बण्डा गरेका थिए । चार वर्ष देखि गाविसमा सोलारका नाममा ४१ लाख बढि हिनामिना भईसकेको छ भने वर्षौ देखि वाल अनुदान र वृद्ध वृदा भत्ता समेत वितरण नगरिएको स्थानीयवासीले बताएका छन । सदरमुकाममा जसको पहुँच छ उसले मात्रै गाविसको सवै सेवा लिने गरेको पाईएको छ ।

0 comments
बिचार लेख्नुहोस्..