समाचरमा लेखिएको कुरा गलत भएको दावि, परिषदको निर्णय अनुसारको काम भएको भनाई,

मुगु न्युज डट कम,
असार ११ गते मुगु न्युज डट कमको अनलाईन संस्करणमा प्रकाशित समाचार यर्थात नभएको दावि गरेका छन ।
 संस्करणमा प्रकाशित समाचारमा फोतु गाविसमा दलिय भागबण्डा भाग बण्डा शिर्षकका समाचार आए पछि जिल्लाका दुई वटा रेडियोले समेत प्रशारण गरेका थिए । गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गनै चर्पी बनेका र नबनेका घर धुरीको अनुगमन गरि चर्पी बनेका घर धुरीलाई नगद र नबनेका घर धुरीलाई निर्माण सामाग्री दिने भन्दै नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओदीका कार्यकर्ता सम्लित उपभोक्ता समितिलाई ६ लाख दिएको समाचारमा उल्लेख थियो ।
स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्य विधि २०६९ को दफा २५ को उप दफा २ अनुसार उपभोक्ता समितिमा स्थानीय निकायका बहालवाला कर्मचारी, राजनीतिक दलको स्थानीय निकायको कुनै पनि पदमा रहेको प्रतिनीधी बस्न नपाउने व्यवस्था छ ।
उपदफा १ मा उपभोक्ता समितिबाट आयोजना कार्यान्वयन तथा सञ्चालन गर्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने घर परिवारको आम भेला गरि सम्बन्धित आयोजना स्थलमा न्े सात देखि ११ सदस्यीय समिति बनाउने व्यबस्था छ ।
    बुधवार प्रशासन कार्यालयमा जम्मा भएका समितिका अध्यक्ष लोकेन्द्र शाही सहित खडक बहादुर शाही, पदम शाहीले आपती जनाएका हुन । प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी मार्फत समाचार लेख्ने पत्रकारलाई बोलाउन लगाएर प्रशासन कार्यालय भित्र नै चेतावनी समेत दिईएको छ । समितिको खातामा ६ लाख नभई तिन लाख ८० हजार मात्र गएको र सो रकम शौचालय निर्माण सामाग्री खरिदका लागि जनता टे«डर्सलाई दिईएको उनिहरुले बताएका छन ।
टे«डर्स खडक शाही आप्mनै हो । फोतु गाविसमा २०६४ साल देखि सौर्य ऊर्जाका लागि सोलार गएको र अहिलेसम्म नौ लाख रकम नपाएको भन्दै सोलार विक्रेता तिर्थराज चौलागाईले प्रशासनमा गुहार मागेका छन भने उनिहरुले सदरमुकाममा नभई गाउमा पुगेर भुक्तानी लिन भनिरहेका छन । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कै कार्य कक्षमा चौलागाईले आफुबाट खाएको कमिशन फिर्ता गरे नौ लाख नलिने बताए ।
यद्यपी फोतु गाविसका यस्ता गधिविधी पटक पटक बाहिर आईरहने गरेका छन । तिन वर्ष देखि सामाजिक सुरक्षाको रकम सोलारमा हालिएको पाईएको छ । त्यति बेला गाविसका दुई सय पच्चिस घर धुरीका लागि सम्झौता गरिए पनि फेरि ७५ घर धुरीको पुन सम्झौता गरि सोलार लिएको देखिए पनि दुई सय पच्चिस मध्य अझै दश घरले सोलार पाएका छैन । बाँकि ७५ सोलार कता गए भन्ने एकिन छैन ।

0 comments

बिचार लेख्नुहोस्..