तिन दिने जिविकोपार्जन सुधार तालीम सम्पन्न,

मुगु न्युज डट कम,
११ असार, गमगढी,
आय आर्जन तथा व्यवसाय सञ्चालन गरि जिविको पार्जन सुधार होस भन्ने उद्देश्यले आईतवार देखि तिन दिने जिविकोपार्जन सुधार तालिम सम्पन्न भएको छ ,
  स्थानीय विकास मनत्रालयको आयोजनामा गमगढीमा सुरु भएको तालिममा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्र (एल.जि.सि.डि.पि ) का २४ गाविसका २४ जना सामाजिक परिचालक र कार्यक्र संयोजक तथा सहजकर्ता गरेर २९ जना सहभागि रहेका थिए ।
  २४ गाविस मध्य पहिलो चरणमा श्रीनगर,कार्कीबाडा,सेरी, श्रीकोट,गम्था र सुकाढिक बाहेक अन्य १८ गाविसमा गठित नागरिक सचेना केन्द्रका पदाधिकारीहरुले व्यवसाय सञ्चालन गर्न मनत्रालयले १ लाख अनुदान रकम उपलब्ध गराउने भएको छ । प्रत्येक सचेतना केन्द्रलाई एक एक लाख वितरण गरिने रकम एक केन्द्रका पाँच जनाले चलाउने छन । तालीम सकिए लगतै असार १५ गते भित्र भुक्तानी लिई सक्नु पर्ने छ ।

0 comments

बिचार लेख्नुहोस्..