लोपोन्मुख चिर कालिजको संरक्षण गर्नु पर्नेमा जोड
असार ७, मुगु
नेपालका विभिन्न ठाउमा पाईने चिर कालिज (च्याँड) लोप हुने अवस्थामा रहेको भन्दै त्यसको संरक्षणका लागि प्रचारात्मक तथा जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिईएको छ । शुक्रबार रारा राष्टिय निकुञ्ज कार्यालय मुगु र नेपाल पंक्षि संरक्षण संघको आयोजनामा गमगढीमा आयोजना गरिएको सचेतना कार्यक्रमका सहभागिहरुले त्यस्तो जोड दिएका हुन ।
नेपालमा अन्नपुर्ण संरक्षित क्षेत्र, ढोरपाटन शिकार क्षेत्र, रारा राष्टिय निकुञ्ज र अपिनम्पा संरक्षित क्षेत्रमा मात्र पाईने च्याँड चोरी शिकारी , बन डढेलोका कारण दुर्लभ हुँदै गएको र राराको उत्तरी क्षेत्रमा केहिमात्र रहेको जानकारी गराईएको थियो । नेपालमा पाईने आठ सय एकहत्तर प्रजातिका चरा मध्य ३५ प्रजातिका चरालाई दुर्लभ सुचिमा राखिएको छ । यो पंक्षिलाई राष्टिय स्तरमा खतराको सुचिमा राखिएको छ भने दुर्लभ वन्य जन्तु तथा वनस्पितिको अन्तराष्टिय व्यापार महासन्धि साईटिसले यसको अवैधानिक व्यापारमा कडाई गर्दै अनुसुचि एकमा राखेको छ ।
राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले यो पंक्षि शिकार गर्ने, घरमा पाल्ने जो सुकैलाई पाँच सय देखि दश हजार जरिवाना, तिन महिना देखि दुई वर्ष जेल सजाय वा दुवै सजाय गर्ने व्यवस्था छ ।
0 comments
बिचार लेख्नुहोस्..