छुवाछुत दिबस मनाई रहदा मुगुका दलितले अझै कुवाको पानी लिन पाएनन

जीबन सेजुवाल
मुगु, जिल्ला सदरमुकाम गमगढीमा सातौ छुवाछुत दिबस मनाई रहेका बेला सदरमुकाम गमगढी देखी एक दिन टाढा गा्रमिण भेगको कालै गाबिसका दलितले भने गाँउमा रहेको सार्बजनिक कुवाम बर्षौ देखी आफै भाँडोमा पानी हाली खान पाएका छैनन ।
 ०६३ जेठ २१ गते नेपाल सरकारले देश लाई छवाछुत मुक्त घोषण गरेको अबसरमा मंगलबार सातौ छुवाछुत दिबस मनाई रहेका बेला जिल्लाको उत्तरी भेगमा पर्ने कालै गाबिसका ३५ भन्दा माथि रहेका दलित घर धुरीले बषौ देखी गाँउमा रहेको कुवाको पानी आफनै हातले भरेर खान नपाएको रहस्य बाहीर आएको छ ।
 पहिले देखीनै गाँउमा दुई कुवा भएपनी एक कुवामा दलित बस्तिले प्रयोग गर्ने र अर्कोमा कालै गाँउमा बसोबास गर्ने बाहुन जातिले गर्दै आएको भएपनी दलितले प्रयोग गर्दै आएको कुवा पाँच बर्ष अगि बाट सुकेपछी गाँउमा खानेपानी कार्यलयले तिन धारा निर्माण  गरीदिएपनी ति धारा समेत अहिले सुकेपछी गैर दलितले प्रयोग गर्दै आएको कुवामा दलित आफैले भाँडामा भरेर खान नपाएको आफै भरेर खाए गुरा बिजय देबता लाग्ने र कुवा सुक्ने गैर दलितले भनेपछी आफै पानी भर्ना नपाएको छवाछुत दिबसमा दलित अधिकार कर्मि हर्क नेपालीले बताएका थिए ।
दलितले कुवा छोए गाउका कुल देबता लाग्ने र कुवानै सुक्ने र परम्परा देखीनै दलितको छुट्टै कुवा भएकाले माँथिल्लो जातकाले भरी सकेपछी त्योपनी दलितको आफनै भाँडा डुबाएर भर्ना नमिल्नुका साथै माँथिल्ला जातका मान्छेको भाँडा बाट पानी खन्याई घर लिने गरेको देखीएपछी दुबै समुदाय बिच एक महिना अगाडी कुवामा पानी खाने सहमति भएपनी पुन कुल देबता रिसाएको भन्दै पुरानै कार्य सुरु गरेको दलित समुदायिक बिकास केन्द्रका कार्यक्रम संयोजक धिरज नेपाली बताउछन ।

0 comments

बिचार लेख्नुहोस्..