दुषित खानेपानीका कारण टाईफाई बिरामी बढे


नृपेन्द्र बहादुर मल्ल, मुगु
 सदरमुकाममा आर्पुती हुदै आएबको खानेपानी दुषित हुदा जिल्ला अस्पताल मुगुमा टाईफाइडका विरामी संख्या बढेका छन ।

 सदरमुकाम देखि पानीको मुहान निकै टाढा रहेको, ठाउ ठाउामा खानेपानीको लाईन काटीएको, पानीका ट्याँकिहरु खुला रहेकाले सदरमुकाममा ल्याईएको पानी निकै दुषित भएको बजार वासीको भनाई छ । करिब १५ किलो मिटर टाढाबाट बजारमा ल्याईएको पानी वेला वेला विग्रिने , फोहोर हुने गरे पनि गमगढी खानेपानी तथा सरसफाई उपभोक्ता समिति भने मौन छ । करोड औ रकम मर्मत सम्हारका लागि जिल्ला खानेपानी कार्यालय, प्राविधिक कार्यालय तथा अन्य निकायले खर्च गरेको भने पनि रकम अभावका कारण बजारमा प्रयाप्त खानेपानी व्यवस्था र मर्मत सम्हार गर्न नसकिएको उपभोक्ता समितिको दावि छ ।।जिल्ला अस्पताल मुगुमा हिजोआज टाईफाईडका विरामी बढेको जिल्ला अस्पताल मुगुले जनाएको छ । चेक जाच गर्न आउने विरामी मध्य सदरमुकाम गमगढीबाट आउने विरामीमा टाईफाइड बढी देखिएको पाईएको छ ।          देश भरि पानी परिरहेको भए पनि मुगुमा अहिलेसम्म पानी नपर्दा अत्याधिक गर्मि बढेसँगै जिल्ला अस्पतालमा दिनहुँ आउने टाईफाईडका विरामीहरुको संख्या बढेको छ । प्राय गरि जिल्ला असपतालमा टाईफाईड भएको लामो समय पछि मात्र विरामी आउने गरेका र ति मध्य अधिकाँश बालबालिका रहेको जिल्ला अस्पताल मुगुका डाक्टर अर्जुन भट्टले जानकारी दिए । अहिले दैनिक तिन जना भन्दा बढि टाईफईडले ग्रसित बालबालिकाहरु भर्ना हुने गरेको अस्पतालको तथ्यांकले देखाएको छ । एक हप्तासम्म ज्वरो आउदा निको भए अभिभावकहरुले निजि मेडिकलमा उपचार गराउने र त्यहाँ निको नभए मात्र अस्पताल ल्याउने गरेका कारण त्यस्ता विरामीको उपचार गर्न कठिन हुने गरेको छ –‘डाक्टर भट्टले भने ’।

0 comments

बिचार लेख्नुहोस्..