हुम्लाको मैलागाविसमा अविरल वर्षाले वालीको क्षती

रमेश ऐडी, हुम्ला-
वुधवार राती वपरेको अविरल वर्षका कारण जिल्लाको ५४ कोष टाढाको मैला गाविसको वडानंं ८ को सृजना प्राथमकि विद्यालयको भवन पूर्ण रुपमा क्षती भएको छ भने गाउँमा लगाएको कोदो, चिनोवाली पूर्ण रुपमा क्षती भएको छ  । अहिले सम्म मानविय क्षतीको बारेमा कसैलाई केअही थाहा नभएको भएपनि गाउँ नै डुबानमा परेको स्थानीय वासिन्दा रणबहादुर रिठालले जानकारी दिएका छन्  । अन्य कुनै पनि स्थानमा नपरेर एकाएक जिमानागाउमा मात्रै परेको अबिरल वर्षाले ठूलो क्षती भएको भएपनि कुति क्षती भएको छ भन्ने बारेमा केही थाहा नभएको बतायएको छ । गाउँबाट प्रहरी कार्यालय २ घण्टाको दुरीमा भएकोले पनि अहिले सम्म घटना स्थलमा प्रहरी पुग्न सकेका छैनन्  । बाढीले सबै आक्रान्त छन् भने कसको कती क्षती भएको हो भन्ने पनि एकीन नभएको स्थानीय वासिन्दा रीठालले टेलीफोनमा बताएका छन्।

घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नआएको बताएइएको छ । प्रहरी चौकी गाउँभन्दा बाहीर भएका कारण पनि सञ्चारमा समेत सम्पर्कहुन नसकेकाजिल्ला प्रहरी कार्यालयमका प्रहरी हवल्दार  नवराज नेपालले बताएका छन्  । मौशम बदलि भएको हुदा सञ्चार सेटले समेत काम नगरेको हुँदा सम्पर्क नभएको उनले दावी गरेका छन्

0 comments

बिचार लेख्नुहोस्..