बर्षाका कारण जग्गा बगे पछि स्थानीयवासी चिन्तामा

मुगु न्युज डट कम
श्रावण ९
 अविरल रुपमा भईरहेको वर्षाका कारण पिना गाविसको टोप्ला , सिगाडी र झ्यारी गाउँका किसानहरुको जग्गा बगे पछि तिन वटै गाउका स्थानीयवासी चिन्तामा परेका छन ।
नाग्म गमगढी सडक खण्ड अन्र्तगत ताल्च विमान स्थल देखि  झ्यारी खोलासम्म बर्षाको पानी सडकबाट जम्मा भएर स्थानीय वासीको जग्गामा गएर ठुलो क्षति गरेको छ ।
 स्थानीयवासीको जग्गा वगाउनुको साथै जग्गामा लगाईएको कोदो, सिमी, फलफुलका विरुवा समेत बगाउदा २० लाख बढिको क्षति भएको टोप्लाका स्थानीयवासी प्रेम शाहीले जानकारी दिए । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा वाली नालीमा क्षति पुग्नुको साथै जग्गा जमिन समेत बगाएको छ । यो वर्ष मनसुन अगाडी नै सक्रिय भएका कारण जिल्लाका विभिन्न गाउ वस्ति बाढी पहिरोको जोखिममा पर्ने देखिन्छ ।

0 comments

बिचार लेख्नुहोस्..