नेकपा माओवादीद्धारा चुनाव बहिष्कार अभियानको घोषणा
मुगु न्युज डट कम
श्रावण १० मुगु
नेकपा माओवादी जिल्ला कमिटी मुगुले आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचन हुन नदिने भन्दै बुधबार चुनाव बहिष्कार अभियानको सार्वजनिक गरेको छ ।
सदरमुकाम गमगढीमा पत्रकार सम्मेलनको आयोजना गरि माओवादीले बहिष्कार अभियानको पहिलो चरणमा प्रचार प्रचार गर्ने दोस्रो चरणमा घर दैलो अभियान गर्ने र तेस्रो चरणमा चुनाव प्रचारमा जाने लाई रोक्ने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा नेकपा माओवादीका वैकल्पिक केन्द्रिय सदस्य मंगल बहादुर शाही ले बहिष्कार अभियानका क्रममा प्रतिरक्षा र प्रतिरोध गर्नु परे पनि तयार रहेको बताए । वर्तमान निर्दलिय सरकार र चार दलिय सिण्डिकेट स्वीकार्य नहुने भन्दै बहिष्कार अभियान सञ्चालन गरिसके पछि पनि चुनाव प्रचार गर्न दलहरु गाउँ जान खोजे स्थानीयवासीको सहयोगमा शसक्त प्रतिरोध गर्ने माओवादीले जनाएको छ । उसले गोलमेच सम्मेलन, दलिय राष्टिय सरकार गठन भए पछि मात्र चुनाव सम्भव भएको बताएको छ ।

0 comments
बिचार लेख्नुहोस्..