म्याद सकिएका दैनिक उपभोग्य वस्तु र औषधी वरामद
मुगु न्युज डट कम
श्रावण १५ ,मुगु
सदरमुकाम गमगढीमा बजार अनुगमनका क्रममा म्याद सकिएको अवस्थामा भेटिएका दैनिक उपभोग्य वस्तु र औषधी बरामद गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीको नेतृत्वमा अनुगमनमा खटिएको टोलीले चाउ चाउ, विस्कुट, पेय पदार्थकोक, जुस, रेड बुल ,मसला लगायतका दैनिक उपभोग्य वस्तु म्याद सकिएको अवस्थामा भेटाएर बरामद गरेको छ । त्यस्तै बजारमा सञ्चालित निजि मेडिकलबाट समेत म्याद सकिएका औषधी बरामद गरेको छ ।
गमगढीमा सञ्चालित चन्द्र मेडिकल हलबाट तिस प्रति डिपेक्स र चार वटा पाईलक्स नामक औषधी म्याद सकिएको भेटाएको छ भने पुथ्वी मेडिकल हलबाट म्याद सकिएको २४ वटा सलाईन बरामद गरिएको छ । सदरमुकाममा सञ्चालित निजि मेडिकलहरुमा सम्बन्धित मेडिकलका स्वास्थ्यकर्मि नबसि उनका श्रीमति बस्ने जन गुनासो बढि आएको र त्योस्तो समेत भेटिएकाले अब देखि त्यस्तो गरेमा कारवाही गरिने चेतावनी दिईएको अनुगमन टोलिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीले जानकारी दिए ।
बजार अनुगममन गर्दा अधिकाँश पसलहरुमा मुल्य सुचि नराखिएको, दैनिक उपभोग्य वस्तु र मदिराजन्य पेय पदार्थसँगै राखिएको, व्यवसाय दर्ता नगरिएको पाईएकाले श्रावण महिना भित्र सवै सच्याउने समय दिईएको तथा फेरि पनि यहि अवस्था भेटिए कानुन बमोजिम सजाय हुने सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । मंगलबार बजारका किराना पसल , खाद्य भण्डार र मेडिकल गरेर १९ वटा पसलमा छड्के अनुगमन गरिएको थियो।

0 comments
बिचार लेख्नुहोस्..