सात दिने विकास पत्रकारिता तालीम सुरु
मुगुन्युज डट कम
श्रावण १५ मुगु
नेपाल पत्रकार महासंघ मुगु शाखाकोआयोजनामा मंगलबार देखि गमगढी विकास पत्रकारिता सम्बन्धि सात दिने तालीम सुरु भएको छ ।
जिल्लामा क्रियाशील पत्रकारहरु, पत्रकार महासंघका पदाधिकारीहरुका लागि आयोजना गरिएको तालीममा २० जना पत्रकार सहभागि भएका छन ।
तालीमको उदघाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बल भद्र गिरीले जिल्लाको समग्रविकासका लागि सञ्चार क्षेत्रले महत्वपुर्ण भुमिका रहने भएकाले नितीगत व्यवस्था प्रति सञ्चारकर्मि यर्थात मुल्याकंन गरि सहि सुचना प्रभावकारी रुपमा सम्प्रेषण गर्नु पर्ने सुझाव दिएका थिए ।
जिल्लामा हुने सवै प्रकारका विकास गतिविधिहरुका विषयमा समाचार सामाग्री सञ्चार माध्यममा ल्याउन र आवश्यक खबदारी गर्न सहयोग मिलोस भनेर तालीमको आयोजना गरिएको नेपाल पत्रकार महासंघ शाखा मुगुका अध्यक्ष राज बहादुर शाहीले बताए ।
गरीवी निवारण कोष र असल छिमेकि नेपाल मुगुको आर्थिक सहयोगमा सुरु भएको तालीमका क्रममा कोषका स्थानीय साझेदार पाँच वटा संस्थाले कार्यक्रम सञ्चालन गरेका स्थानहरुको अनुगमन समेत गरिने भएको छ ।

0 comments
बिचार लेख्नुहोस्..