ताल्च विमान स्थल कालो पत्रे आगामी फाल्गुण देखि मात्र/ समस्या बिजुलीको

मुगु न्युज डट कम श्रावण १६ मुगु २०३२ सालबाट निर्माण कार्य थालिएको मुगु जिल्लाको एक मात्र रारा विमान स्थल ताल्चमा २०७० को फाल्गुण देखि मात्र कालो पत्रेको काम सुरु हुने भएको छ । विमान स्थलको निर्माण कार्य सुरु भएको झण्डै चार दशक पुरा भए पनि पुर्ण रुपमा निर्माण कार्य सम्पन्न हुन सकेको छैन । अहिले विमान स्थलको माथिल्लो भागमा तार जाली भर्ने धावन मार्ग सम्याउने तथा विमान पार्किंग निर्माण गर्ने कार्य भई रहेको छ । अहिले पहिलो चरणकोनिर्माण कार्यसम्पन्न भएको तथा अब विमान स्थलको धावन मार्गमा ४ हजार घनमिटर माटो भर्न बाँकि रहेको विमान स्थलको निर्माण कार्यको जिम्मा पाएका मृत संञ्जीवनी कन्टक्शन प्रालीका राजु बर्तौलाले बताए । विमान स्थलको निर्माण कार्य सम्पन्न गरि कालो पत्रे गर्न २०६९ असार १५ गते देखि भदौ अन्त्यसम्मका लागि विमान स्थलमा हवाई सेवा बन्द गरिएको छ । यो अबधी भित्र धावन मार्गको सम्र्पुण काम सम्पन्न गरि हवाई सेवा सुचारु हुने भए पनि कालो पत्रे आगामी फाल्गुण देखि मात्र सुरु हुने ठेकेदा र बर्तौलाले जानकारी दिए । अहिले कालो पत्रे गर्न आवश्यक पर्ने गिट्टि कुट्ने उपकरण जडान भई सकेको र केहि सामान पुग्न बाँकि रहेकाले अबको एक हप्तामा काम सुरु गरिने छ । दशैको वेला हवाई सेवा सुचारु हुने भए पनि पुस माघमा हिमपात हुने भएका कारणले पनि कालोपत्रेको काम फागुन देखि मात्र हुने ठेकेदारको भनाई छ । २०६० साल वैशाख पहिलो हप्ता देखि नेपाल वायु सेवा निगमको विमानले परिक्षण उडान सुरु गरे पछि अन्य निजि कम्पनिका विमानहरुले पनि उडान गर्दै आईरहेका थिए । गिट्टि मात्र राखिएको र धावन मार्गको सतह पनि नमिलेकाले हवाई उडान जोखिम अवस्थामा थियो । विमानस्थलको स्तरोन्नती गर्न काम भई रहेको भए पनि अझै धावन मार्गको सतह सोझो हुन सकिरहेको छैन । हिउँदमा हिमपात र वर्षामा पानीले विमान स्थलमा हवाई उडान हुन नसक्दा हरेक वर्ष मुगाली जनताले मंहगीको चपेटा सहनु पर्ने बाध्यता छ भने विरामी पर्दा जुम्ला र बाजुराको कठिन यात्रा गरेर नेपालगञ्ज काठमाण्डौ जानु पर्ने विवशता छ । जिल्ला सदरमुकाम गमगढी र आसपासका पाँच गाविसलाई लक्ष्यीत गरि चार सय किलोवाट उत्पादन क्षमता रहेको गमगाढ साना जल विद्युत आयोजना रहे पनि ताल्च विमान स्थलमा विद्युत लाईन नपुग्दा विमान स्थल निर्माणका लागि ल्याईएका उपकरण सञ्चालन गर्न समस्या देखिएको छ । अहिले हवाई सेवासँगै स्थल मार्ग पनि अबरुद्ध भएका कारण निर्माका लागि प्रयोग हुने विद्युतिय उपकरण सञ्चालन गर्न आवश्यक पर्ने ईन्धनको समेत समस्या परेको ठेकेदारको भनाईछ । विमान स्थलसम्म विद्युत आयोजनाले विद्युत लाईन विस्तार नगरे पछि ६२.२ किलोवाट क्षमताको जेनेरेटर खरिद गरेर काम गर्नु परिरहेको बर्तौलाले बताए । आयोजना संग विमान स्थल र वरपरका समुदायलाई विद्युत लाईन विस्तार गर्न आफुलेप्राधिकरणबाट पछि रकम फिर्ता पाउने गरि २२ लाख सम्म लगानी गर्छु भने पनि आयोजनाले नमानेको र बाध्य भएर ४७ लाख बढि हालेर जेनेरेटर ल्याउनु परेको उनको भनाई छ । विद्युत आपुर्ति सहज हुदा १० घण्टामा १५ सय लाग्ने थियो तर जेनेरेटर चलाउदा प्रतिदिन ४४ हजार सम्म खर्चभार सहनु परेको छ बर्तौंलाले भने। यता गमगाढ साना जल विद्युत आयोजना ले आयोजनाको विद्युत गृह तल माथी र नहर सुधारका लागि टेण्डर गरिएको भए पनि विमान स्थलसम्म विद्युत विस्तार गर्ने कुनै जानकारी नभएको जनाएको छ । केहि समय पहिले विमान स्थलमा विद्युत लाईन विस्तार गर्न विमान स्थल नजिक रहेको टोप्ला गाउँबाट विद्युत लाईन विस्तार गर्ने कुरा उठे पनि प्राधिकरणले आफुलाई कुनै जानकारी नदिएको आयोजनाका निमित्त आयोजना प्रमुख धनञ्जय फडेराले बताए । विमान स्थल र वरपरका समुदायमा समेत आयोजनाले विद्युत लाईन विस्तार नगरे पछि अब दवाब दिन आनदोलन गर्नु पर्ने अवसथा आएको स्थानीयवासी असल रावलले बताए । उनले भने धेरै पटक विमान स्थलमा रहेका वस्तिका लागि विजुलीका लागि अनुरोध गरेका थिर्यौं आयोजनाले वास्ता गरेन अब आयोजनाको कार्यालयमा धर्ना अनशन गरेर दवाब दिन्छौं ।, २०६० साल वैशाख पहिलो हप्ता देखि नेपाल वायु सेवा निगमको विमानले परिक्षण उडान सुरु गरे पछि अन्य निजि कम्पनिका विमानहरुले पनि उडान गर्दै आईरहेका थिए । गिट्टि मात्र राखिएको र धावन मार्गको सतह पनि नमिलेकाले हवाई उडान जोखिम अवस्थामा थियो । विमानस्थलको स्तरोन्नती गर्न काम भई रहेको भए पनि अझै धावन मार्गको सतह सोझो हुन सकिरहेको छैन । हिउँदमा हिमपात र वर्षामा पानीले विमान स्थलमा हवाई उडान हुन नसक्दा हरेक वर्ष मुगाली जनताले मंहगीको चपेटा सहनु पर्ने बाध्यता छ भने विरामी पर्दा जुम्ला र बाजुराको कठिन यात्रा गरेर नेपालगञ्ज काठमाण्डौ जानु पर्ने विवशता छ ।

0 comments

बिचार लेख्नुहोस्..