नेविसंघ क्याम्पस ईकाईद्धारा महाधिवेशन प्रतिनिधी चयन
मुगु न्युज डट कम श्रावण १६, मुगु नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको रारा क्याम्पस ईकाईले काठमाण्डौमा हुन गईरहेको केन्द्रीय अधिवेशनका लागि बुधबार प्रतिनिधी छनौंठ गरेको छ । काठमाण्डौंमा भदौं २८, २९ , ३० गते हुने केन्द्रिय अधिवेशनका लागि ईकाईबाट पाँच जना प्रतिनिधीको छनौठ गरेको छ । अपिन कुमार रावल, भिम बहादुर तिरुवा, तेन्जिगं लामा, प्रेम बहादुर शाही र धर्मराज शाहीलाई प्रधिनिधी छनौठ गरिएको नेविसंघले जनाएको छ । नेवि संघको आसन्न ११ औ अधिवेशनमा मुगु जिल्लाबाट १९ जना केन्द्रिय प्रतिनीधी सहभागि हुने नेविसंघले जनाएको छ ।
0 comments
बिचार लेख्नुहोस्..