पहिरोले घर बगाएपछि छ घर परिवार विस्थापित
मुगु न्युज डट कम-
साउन ६ मुगु ,
लगातार भएको वर्षाका कारण पहिरो आई घर बगाउदा यहाँका छ घरधुरीका सैतिस परिवार विस्थापित भएका छन ।
जिल्ला सदरमुकाम गमगढी देखि दुई दिनको पैदल दुरीमा पुगिने सोरुभेग स्थित भिई गाँउ विकास समिती वडा नम्वर ९ भिई गाँउमा रहेका मन बुमी, पुन्न वुमी, मंगल वुमी, उम्मेर वुमी, दल बहादुर बुमी र विर बुमी का घर शुक्रबार विहान देखि लगातार परेको पानीले शनिबार दिउसो १२ बजे घरहरु रहेको ठाँउभन्दा माथीबाट पहिरो आई ६ वटा घर पहिरोले एकसाथ बगाएपछि त्यहाँ बसोबास गदै आएका उम्मेर बुमीका चार, मुन बुमीका सात, पुन्न बुमीका पाँच, मंगल बुमीका छ, दल बहादुर बुमीका बाह्र,र विर बुमीका तिन परिवार विस्थापित भएका हुन ।
पहिरो दिउसो आएकोले मानवीय र वस्तुभाउको क्षति नभएपनि अन्न,लत्ताकपडा,भाडाकुडा लगाएतका सम्पती केही नरहेको , घर भत्किए पछि पिडीत परिवार आफन्त र छिमेकीहरुको घरमा आश्रय लिइरहेका सोरुकोट प्रहरी चौकीका चौकी इन्चार्ज मंगल सिंह चौधरीले बताए ।
घटना स्थल सदरमुकाम गमगढी देखि टाढा भएकोले पिडितहरुलाई उद्धार तथा राहतको लागी कसैले पहल गरेका छैनन ।

0 comments
बिचार लेख्नुहोस्..