अखण्ड पार्टीको कार्य समिति विस्तार

मुगु न्युज डट कम-
साउन ६ ,
आईतवार गमगढीमा अखण्ड नेपाल पार्टीको कार्यसमिति विस्तार गरिएको छ ।
 केन्द्रीय सदस्य देविकृष्ण रावलको प्रमुख आतिथ्यमा पाटीको जिल्ला कार्य समिति विस्तार गरिएको छ ।  पाटीको जिल्ला कार्य समितिको अध्यक्षमा बौंदे भाम,वरिष्ठ उपाध्यक्षमा गमबहादुर कार्की, उपाध्यक्षमा , धन बहादुर भण्डारी, सचिवमा प्रेम बहादुर रावल, कोषाध्यक्षमा राज देवी बुढा र सह सचिवमा असौजी बुढा तथा १३ जना सदस्यलाई मनोनयन गरिएको हो ।
 एक वर्ष अगाडी क्षेत्रि समाजका नामले स्थापना भए पनि जातिगत रुपमा पाटी गर्दा जातिय विखण्डन हने हुँदा अहिले अखण्ड नेपाल पाटीको गठन गरिएको केन्द्रीय सदस्य रावलले बताए । आईतवार साधारण भेलाको आयोजना गरि कार्य समिति विस्तार गरिएको तथा केहि समय पछि गाउँ गाउँमा पाटीका ईकाई गठन गरिने बताईएको छ ।

0 comments

बिचार लेख्नुहोस्..