सुरक्षा माग गर्दै पत्रकारहरु प्रशासनमा
मुगु न्युज डट कम
मुगु,श्रावण ९
जिल्लामा क्रियाशील पत्रकारहरुलाई काम गर्न असहज वातावरण भएकोर समाचार प्रकाशन प्रसारण भएकै कारण बेला बेला धम्कि आउने गरेको भन्दै पत्रकार महासँघ र क्रियाशील पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय मुगुमा सुरक्षा माग गरेका छन ।
केहि दिन अगाडी जिल्लाको सोरु भेकका लागि नेपाल खाद्य संस्थान मुगु शाखाबाट आर्थिक वर्ष २०६९। ०७० का लागि जाने १६ सय क्वीन्टल खाद्यन्न गमगढीमा नै बेचिएको समाचार नागरिक दैनिकमा प्रकाशित भएको विषयलाई लिएर मंगलबार काँग्रेसका जिल्ला स्तरिय नेता लोग बहादुर शाहीले पत्रकारहरुका खुट्टा काट्नेसम्मको धम्कि दिएका थिए ।
शाहीले धम्कि दिएकै साँझ नेवि संघका पुर्व जिल्ला अध्यक्ष लोकेन्द्र शाहीले नागरिक दैनिकका मुगु सम्वाददाता एवंनेपाल पत्रकार महासंघ मुगु शाखा उपाध्यक्ष सुमन मल्ललाई केटा लगाएर कुट्ने योजना बनाएका थिए । शाहीले बनाएको योजना समयमा नै थाहा भएपछि कुनै अप्रिय घटना भने हुन पाएन ।
खाद्यन्न सम्बन्धित क्षेत्रमा नपुगेर सदरमुकाममा नै बेचिएको समाचार बाहिर आएपछि संस्थानले खाद्यन्न ढुवानीको भुक्तानी रोकि दिएको छ । वेला वेला भुक्तानी दिन धम्कि र दवाव सहनु परेको संस्थानका शाखा प्रमुख भोज राज पाण्डेले बताएका थिए । लोग बहादुर शाहीले जिमा गाविसको खाद्यन्न संस्थानबाट बुझेका थिए भने लोकेन्द्र शाहीले फोतु गाविसको खाद्यन्न सदरमुकाममा नै बुझेका थिए । उक्त खाद्यन्न सम्बन्धित गाविसमा नपुगेको बताईएको छ । उनिहरुले पाउनेभुक्तानी समेत रोकिए पछि उनिहरुले समाचार लेख्ने पत्रकारहरु प्रति आक्रमण गर्न उत्रेका हुन ।
योविषयलाई लिएर बुधवार नेपाल पत्रकार महासंघ मुगु शाखाको आकस्मिक बैठक बसि मल्लमाथी भएको धम्किको भत्र्सना गर्दै पत्रकारहरुको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका छन ।
जिल्लामा हुने विकास पुर्वाधार लगायतका अन्य क्षेत्रमा हुने अनियमितताका विषयमा समाचार आउदा सञ्चारकर्मिले सवै भन्दा बढि राजनितिक दलबाट धम्कि व्यहोर्नु परेको भन्दै नेपाल पत्रकार महासंघ मुगु शाखाले पत्रकारहरुको सुरक्षाको ग्यारेण्टि गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले जिल्लामा क्रियाशील पत्रकारहरुको सुरक्षा गर्नु आप्mनो दायित्व रहेकाले पत्रकारहरुको शान्ति सुरक्षाका विषयमा आफु गम्भिर रहेको बताएका छन ।

0 comments
बिचार लेख्नुहोस्..