सदरमुकामकै गाविसमा सामाजिक भत्ता नपाएको गुनासो

सिमिकोट, साउन ८



ह्ुम्ला जिल्लाको सदरमुकाम सिमकोट  गाविसका वासिन्दाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।
 ३ सय ८६ जनाले समाजिक सुरक्षा भत्ता नपाएको भन्दै गाविस सचिबको नाममा जिल्ला प्रसासन कार्यालय हुम्लामा उजुरी दिएका छन् । आर्थिक बर्ष २०६९ । ७०को सामाजिक सुरक्षा भत्ता पाउने ६ सय ६७ जनामध्यमा ३ सय ८७ जनाले उक्त भत्ता नपाएको भन्दै उजुरी दिएका छन् । जसमा ३ सय ६० जना जेष्ठ नागरिक, ३६ एकल महिला, ११ पूर्ण अपाग,ं ४ बालबालिकाहरुले भत्ता नपाएको बताइएको  छ । जिल्ला विकास समितीबाट १६ लाख ४० हजार ४ सय रुपैयाँ अपुग भएकाले दामा साहि हिसावले वितरण गर्दा रकम कम भएको गाविस सचिब  लोकराज खत्रीले जनाएका छन् । गाविसमा सम्र्पूण रकम निकासा भएको तर सचिबले हिनामिना गरेको भन्दै सोमबार सिमकोट गाविसका सम्पूण जेष्ठ तथा असाह्य नागरिककले आफ्नो भत्ता दिलाउन जिल्ला प्रसासन कार्यलय  हुम्लामा धर्ना दिउएका छन् । सदरमुकाम सिमकोटमै सामाजिक भत्ता समयमै नपाएको विषयले जिल्लाका वाहिर गाविसको अवस्था कस्तो होला समयमै जिविसमा माग नगर्ने गाविसका डाटा अद्यावधिक नहुदा समस्या परेको जिविसले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..