विद्यालयमा खानेपानीको समस्या

विनोद कुमार मल्ल,

मुगु २० असार -
मुगु जिल्ला पिना गाउँ विकास समिति टोप्लामा रहेको कर्णाली माध्यमिक विद्यालयमा विगत लामो समयदेखि खाने पानीको समस्या भएको छ ।
त्यहाँ ल्याईएको खाने पानीको लाइन विग्रिय पछि त्यसलाई मर्मत नगर्दा खानेपानीको समस्या भएको हो ।
६ सय जना विद्यार्थीहरु अध्ययनरत उक्त विद्यालयमा खानेपानी नहुदा विद्यार्थीहरु पढाईको समयमा पढाई छाडेर खानेपानी पिउन विद्यालय वाहिर जाँदा उनीहरुको पढाई समेत प्रभावीत हुने गरेको छ भने खानेपानीको आभावकै कारण शौचालय प्रयोग नहुँदा खुल्ला दिशा पिसावका कारण विद्यालय बरपरको  वातावरण समेत दुषित हुँदै गएको विद्यालय श्रोतले जानकारी दिएको छ ।
खानेपानी निर्माणका लागी विभिन्न संघ संस्था र जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयमा धाउदा पनि कुनै सुनुवाई नभएको कर्णाली मा.वि. टोप्लाले जनाएको छ ।

0 comments

बिचार लेख्नुहोस्..