तिर्थयात्रीलाइ मानसरोवर कैलाश जान प्रतिवन्द




 हुम्ला, साउन १५

 तिव्वतमा रहेका प्रशिद्ध तिर्थस्थल मानसारोवर कैलाशमा दर्शन गर्न जाने धामी डाँगी्र पुजारीहरुलाइ  यसवर्ष  नेपाल चिन सिमा पासले जान नदिइ वन्देज गरिएको छ ।
 विगतका वर्षहरुमा सिमा जोडिएका जिल्लाहरुको वासिन्दालाइ दिइने सिमा पासका आधारमा चिनीया प्रहरीले तिर्थस्थलको दर्शन गर्न जान दिएकोमा यस वर्ष देखि सुरक्षाको कारण देखाउदै वन्द गरिएको सिमा प्रहरी चौकी हिल्साले जनाएको छ । यस वर्ष कुनै पनि हुम्लीलाइ मानसरोवर कैलाशमा जान आउन नदिएको सिमा पासका आधारमा ताक्लाकोट वजारसम्म मात्र जान दिएको सहाय प्रमुख जिल्ला अधिकारी वम वहादुर केसीले वताउनु भएको छ । विगत जस्तो सिमा पासका लागी जान आउन पहलका लागी गृहमन्त्रालयमा पत्रचार गरेपनि कुनै पहल नभएको परराष्ट मन्त्रालयमा खवर भएपनि कुनै पहल नभएको केसीले वताउनु भएको छ ।
 तिर्थस्थलमा यो समय धामी झाँकी्र डाँगी्र पुजारी अत्याधि कैलाश मानसारेवर भ्रमण गर्ने गर्दथे । यस वर्षवाट भिसा प्रणाली लागु गरेपछि हुम्लीहरु जान वन्चित भएका छन् । वार्षिक रुपमा प्रत्येक  हुम्लीको परिवारले एकजना सदस्य तिर्थस्थलमा जाने आउने गरेका थिए तर यस वर्षदेखि चिन सरकारले सिमा पासलाइ मान्यता नदिएपछि हुम्लीहरु तिर्थस्थलको दर्शन गर्न वन्चित भएका छन् ।
 सिमा पासले विगतका वर्षहरुका ताक्लाकोट वजारमा मानसरोवर कैलाशमा जान अर्को पास वनाइए जान  दिएको  चिनले यसवर्ष एमआरपी  लागु गरेपछि हुम्लीहरु जानवाट रोकिएका छन् । हरेक वर्ष देवी देवताको स्नान कैलाश पर्वत परिक््रम गर्ने हुम्लाका धामीडाँगी्र पुजार यस वर्ष रोकिएका छन् ।

0 comments

बिचार लेख्नुहोस्..