श्रीकोट गाविसमा तिन सय जग्गा धनि पुर्जा वितरण

मुगु न्युज डट कम-
असार २७,
 खत्याड भेकको श्रीकोट गाविसमा पुरानो जग्गा धनि प्रमाण पुर्जा संकलन गरि तिन सय नयाँ पुर्जा वितरण गरिएको छ ।
 द्धन्द्ध कालमा तत्कालिन यद्धरत पक्ष नेकपा माओवादीले जिल्ला मालपोत कार्यालयमा आगजनि गर्दा सवै अभिलेख पोलिए पछि अभिलेख जुटाउन जिल्ला भरिमा पुरानो जग्गा धनि प्रमाण पुर्जा संकलन गरि नयाँ प्रमाण पुर्जा प्रदान गरिएको जिल्ला नापी कार्यालयका प्रमुख दिपेन्द्र पण्डितले जानकारी दिए ।
जिल्लाका २४ गाविस मध्य २३ गाविसमा नयाँ पुर्जा वितरण कार्य सम्पन भई सकेको छ भने केहि दिन पछि रुगा गाविसमा संकलन कार्य थालिने छ । जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारी घर घरमा पुगेर पुर्जा वितरण गरेका थिए । केहि दिन अगाडी श्रीकोटमा चार सय पचास पुरानो पुर्जा संकलन भएको र तिन सय नयाँ पुर्जा वितरण गरिएको थियो ।

0 comments

बिचार लेख्नुहोस्..