जुम्लाबाट आएका माल बाहक गाडी विचमा नै अलपत्र
मुगु न्युज डट कम-
असार २७ ,
लामो समय देखि भईरहेको अविरल बर्षाका कारण सुर्खेत हुँदै जुम्लाको गोठि जिउलाबाट मुगु सदरमुकाम गमगढी तर्फ आएका मालबाहक गाडी बिचमा नै अलपत्र परेका छन ।
लामो समय देखि भईरहेको वर्षाका कारण गमगढी देखि घुच्ची लेकसम्मको सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सुर्खेत देखि व्यापारिक माल सामान बोकेर आएका आधा दर्जन माल बाहक गाडी पिना गाउँ भन्दा पर आरुखाडा भन्ने स्थानमा रोकिएका छन । सडकको ठाउँ ठाउँमा पहिरो जानुको साथै रुख ढलेर सडक अवरुद्ध भएको छ ।
जिल्लामा गएको पौष १ गते औपचारिक कार्यक्रम आयोजना गरि तत्कालिन प्रधान मन्त्रि डाक्टर बावुराम भटराईले गमगढी नाग्म सडक खण्डको उद्घाटन गरेका थिए । केहि महिना सडक सुचारु भए पनि हिउँदमा हिमपात र वर्षामा बाढी पहिरोका कारण सडक अबरुद्ध हुने गरे पनि सडक खुलाउन कसैको चासो छैन । जिल्ला विकास समिति, उद्योग बाणिज्य संघ, व्यापार संघ लगायतका निकाय मौन रहेका छन ।
यसरी लामो समयसम्म सडक अबरुद्ध हुने हो भने बजार मुल्य वृद्धि हुनुका साथै दैनिक उपभोग्य वस्तुको अभाव हुने छ भने काला बजारी समेत बढ्न सक्ने सम्भावना देखिएको छ ।

0 comments
बिचार लेख्नुहोस्..