तिन वर्षमा नै सकिए बाह्र लाखका डुंगा

मुगु न्युज डट कम-
श्रावण ६ मुगु ,
 नेपालकै सबै भन्दा पर्यटकिय तथा सुन्दर ताल रारामा स्वदेशी तथा विदेशी  पर्यटक घुम्न आए उनिहरुका लागि तालमा घुम्ने डुंगा समेत छैन
  तिन वर्ष अगाडी ताल विकास समितिले १२ लाख ५० हजार बढि खर्च गरि दुईवटा रबरका डुंगा ल्याए पनि अहिले रारा तालमा डुंगा चढि घुम्न चाहना  चाहनामा सिमित हुने गरेको छ । एउटा डुंगा ल्याउदा ल्याउदैबिग्रिएको थियो भने अर्को डुंगा पनि अहिले विग्रिसकेको छ ।
   डुंगा विग्रिए पछि   शैक्षिक भ्रमणमा आउने विद्यार्थी , उच्च पदस्थ अधिकारी आउदा  रहर मेटाउनका लागि मात्र ताल छेउमा  दश पन्ध्र मिनेट जति मात्र डुंगा घुमाउने गरिरहेको रारा राष्टिय निकुञ्ज कार्यालय मुगुका  कार्यालय प्रमुख भोगेन्द्र रायमाझिले बताए । उनले भने कोहि पाहुना आईहाले तालको छेउमा विग्रिएको डुंगामा बसालेर तस्वीर खिच्ने काम हुन्छ , अलि पर लैजाउ भने ताल गहिरो छ भने उतिकै खतरा पनि छ ।
 रारा तालको पुर्वाधार विकास, संरचना विकासका लागि वर्षेनी लाखौ रकम आउने गरे पनि बालुवामा  पानी हाले जस्तै हुने गरेको पाईएको छ ।
 पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, कर्णाली   पर्यटन प्रबद्धन विकास समिति  जस्ता विभिन्न निकायबाट बार्षिक लाखौरकम  राराका नाममा आउने गरे पनि रारा पुग्ने पर्यटकका लागि खान वस्नको समेत समस्या हुने गरेको छ ।
 पर्यटन विकासका लागि आउने बजेट बारे निकुञ्जलाई कुनै जानकारी नहुने तथा निकुञ्ज भित्र काम गर्ने अनुमति मात्र अधिकार रहेको कार्यालयले जनाएको छ । विगत तिन वर्ष यता रारा ताल वरीपोरीको बाटो निर्माण गर्न भनेर  प्रत्येक वर्ष ३५ लाख खर्च भएको देखिएको छ तर विकास केहि पनि भएको छैन । पहिलो वर्ष गोपाल वम, दोस्रो वर्षदेव प्रसाद बुढा र पछिल्लो वर्ष लाल बहादुर भामले उपभोक्ता समितिको अध्यक्ष बनेर ३५ । ३५ लाख खर्च गरेका थिए । यि तिन जना भन्दा अगाडी खडक बहादुर शाहीले रारा ताल र पर्यटकिय क्षेत्रको संरक्षण तथा सम्बद्र्धन गर्ने भन्दै ३६ लाख खर्चेका थिए । यत्रो रकम सकिसक्दा पनि तालवरिपोरीको बाटो दश वर्ष पहिलेकै छ भने भौतिक संरचना समेत निर्माण हुन सकिरहेका छैनन ।

0 comments

बिचार लेख्नुहोस्..