महिला स्वास्थ्य स्वयम सेविकाद्धारा रकम नपाएको गुनासो

मुगु न्युज डट कम-
साउन ५,
रारा गाविस वडा नम्बर ८ र ९ का महिला स्वास्थ्य स्वयम सेविकाहरुले जिल्ला स्वास्थ्य कार्यालय मगुबाट प्रदान गरिने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन ।
 विगतमा स्वयम सेविकालाई पोशाक प्रदान गरिए पनि आर्थिक वर्ष २०६९। ०७०मा नगद रकम दिने व्यवस्था गरिएको थियो । जिल्ला भरिका २४ वटा गाविसका २ सय १६ जना महिलाका लागि आर्थिक वर्षको दोस्रो चौमासिकमा नै  ८ लाख ६४ हजार झिके पनि केहि महिला स्वास्थ्य स्वयम सेविकाले आर्थिक बर्ष सकिए पनि रकम पाएका छैनन ।  विगतमा भिटामिन खुवाएको ,खोपको लगायत अन्यको रकम पाए पनि आर्थिक वर्ष २०६९। ०७० मा  कुनै रकम नपाएको वडा नम्बर ८ कि महिला स्वास्थ्य स्वयम सेविका वेलपुरा रोकायाले बताईन ।
 धैनकोट गाविस बाहेक अन्य गाविसका महिला स्वास्थ्य स्वयम सेविकालाई रकम वितरण गरिएको भरपाई जिल्लामा आईसकेको जिल्ला स्वास्थ्य कार्यालय मुगुका कार्यालय प्रमुख वृष बहदुर शाहीले बताए ।

0 comments

बिचार लेख्नुहोस्..