शैक्षिक उदण्डता—सानालाई ऐन ठुलालाई चैन




 
सुमन मल्ल-

असार २०, गमगढी,
 जिल्लामा कानुन उलघंनका श्रृङखलाले सिमा नाघ्दै गईरहेका छन । तर कानुन कार्यान्वयन गर्ने निकाय मौन देखिएका छन ।
जिल्लामा स साना कुराले पनि राजनितिक रुप लिदा जिल्लामा थप राजनितिक द्धन्द्ध बढ्ने संभावना देखिएको छ । गएको हप्ता जिल्ला विकास समिति मुगुमा कर्मचारी विचको आपसी विवादले राजनितिक रुप लिएको घटना सेलाउन नपाउदै जिल्ला शिक्षा कार्यालयमा अर्को झमेला सुरु भएको छ ।
 कैलाश प्राथामिक विद्यालय नार्थपुमा भएको भनिएको ८० हजार अनियमितता र प्रधानाध्यापक टेक बहादुर मल्ललाई काज सरुवा गरिएको विषयमा पक्ष विपक्ष बनेर राजनितिक दल उठ्दा फेरि पनि दलहरु विवादमा तानिएका छन ।
 जिल्ला शिक्षा कार्यालयले ढिलै भए पनि विद्यालयमा भएको अनियमितताका विषयमा कार्वाही गर्नु सकरात्मक पक्ष हो । यति हुँदा हुँदै पनि विगत एक वर्ष यता जिल्लाका विभिन्न सरकारी विद्यालयमा दिवा खाजाको रकम , छात्रावृत्ति, तथा फर्जि विद्यार्थी बनाएर कार्यालयबाट रकम लिएको विषय , शिक्षक विद्यालय नगएरै तलब खाईरहेका ( तिर्प,भारेकोट, लुम्स, लुम, चिताई, लिब्रु, रासकोटीबाडा, पुरुमुरु, कालै, लगायतका चार दर्जन बढी विद्यालय ) दर्जनौ उदाहरण छन । सदरमुकाम नजिकका रुगा, रोवा र श्रीनगरमा सञ्चालित विद्यालयका उजुरी समेत जिल्ला प्रशासन कार्यालय र जिल्ला शिक्षा कार्यालयमा परेका थिए । कारवाहीको माग गर्दै समुदायले धेरै पटक शिक्षा कार्यालयमा समेत धाएका छन । तर कार्यालयले कारवाहिको कुनै प्रक्रिया नै अघि बढाउन चाहेन । कार्यालयको अनुगमन अनुगमनमा नै सिमित रहेको देखिन्छ ।
 माथीका यस्ता उदाहरणले जिल्ला शिक्षा कार्यालय राजनितिको गलत प्रयोग र संस्कारमा गज्जबले हुर्केको प्रष्ट  देखिन्छ । यिनीहरुलाई कारवाहि गर्न नसक्नु भनेको राजनितिक दवाव र संरक्षण पहिलो कारण देखिन्छ । अर्को तर्फ जिल्ला शिक्षा कार्यालय आफैमा चल्न सकेको छैन । कार्यालयका तिन जना कर्मचारी र शिक्षक पेशालाई राजनिति गर्ने माध्यम बनाएका चार पाँच जना शिक्षकले चलाईरहेको स्थिति छ ।  शिक्षा कार्यालयलाई सुमेरु पर्वत बनाउने शिक्षा क्षेत्र भित्रका नामुद ठगहरुका कारण सर्वसाधरण मुगाली जनताका छोरा छोरीले राम्रोसँग विद्यालयमा पढ्न पाएका छैनन । र , तिनै ठगहरुको सञ्जालले राजनितिक संरक्षण पाएको छ ।
   कतिपय शिक्षकहरु आप्mनो पेशा प्रति ईमान्दार भएर खटिएका छन । ऊनिहरुको सहि मुल्यांकन हुन सकेको छैन । जसले विद्यालय नगएर गमगढीमा राजनितिक कार्यक्रममा सहभागि हुन्छ , जसले सदरमुकाममा बसेर खुरापाती गर्छ जसले २४ सै घण्टा शिक्षा कार्यालयमा फन्को मार्छ उसैले सम्मान पाएको छ । पुरस्कार ग्रहण गरेको छ । तिनिहरुकै योजनामा कार्यालय चलिरहेको छ । विगत देखि हालसम्म शिक्षा कार्यालयले कानुन कार्यान्वयन गर्ने प्रवृत्तीले सानालाई ऐन र ठुलालाई चैन भन्ने कुरा प्रष्ट देखाएको छ । यस्ता कुरामा राजनितिक दलहरु आफु आफु विवाद गरिरहेका छन । बुधवार एमाले र काँग्रेस युवाविचको सम्भावित झडप त टरेको छ । तर यो विवादले कुनै न कुनै दिन फेरि समस्या बल्झाउने छ । दलहरुविच झगडा सुरु हुने छ । कुनै गल्ति गरे पनि नगरे पनि शिक्षकलाई तेरो मेरा पाटीको भन्नु , कारवाही गर्नु ठिक र बेठिक भन्ने पक्ष र विपक्षमा उभिनु भनेको दलहरुले आफ्नै लागि दुर्भाग्य निम्त्याउनु हो । काँगे्रस र एमाले विचमा सुरु भएको अहिलेको शित युद्धले जिल्लाको कुनै अर्को विद्यालय, अर्को सरकारी कार्यालयमा विवाद बल्झाउने देखिन्छ । यो सँगै चुनावमा पनि यसले दुई दल विचमा ठुलो समस्या पार्ने देखिन्छ । यो वेलामा नै दुवै दलले आपसमा एक प्रकारको सहमति , सम्झौता गर्न जरुरी छ । अन्यथा ढिलो चाँडो यसको परिणाम खतराजनक हुनसक्छ ।

0 comments

बिचार लेख्नुहोस्..