असल छिमेकि द्धारा लछुमालाई २५ हजार सहयोग

मुगु न्युज डट कम
श्रावण २९
गर्भमा नै शिशु मरेपछि गमगढी स्थित रारा अस्पतालमा उपचार गराईरहेकि रोवा ७ शोभा कि लछुमा बुढालाई असल छिमेकि नेपाल मुगुले बुढाको उपचार खर्च बापत २५ हजार सहयोग गरेको छ ।
अघि गर्भमा नै चार महिनाको शिशु मरेको अवस्थामा जिल्ला अस्पताल मुगुमा उपचार गराउन आई पुगेकि बुढाको चिकित्सक अभावका कारण जिल्ला अस्पतालमा उपचार हुन नसके पछि गमगढी स्थित रारा अस्पताल प्रालिमा गमिभर अवस्थामा उपचार सुरु गरिएको थियो । आर्थिक अवस्था कमजोर भएकि बुढाका विषयमा सञ्चार माध्यममा समाचार आए पछि देश विदेशबाट बुढाको उपचारका लागि सहयोग जुटेको थियो ।
 बुढाका श्रीमान धर्मराज बुढा ( धर्मी) लाई मंगलबार नै असल छिमेकि नेपालले २५ हजारको चेक प्रदान गरेको छ ।

0 comments

बिचार लेख्नुहोस्..