म्याद सकिएका दैनिक उपभोग्य बस्तु जफत

मुगु न्युज डट कम,
श्रावण २९ ,मुगु-
 सदरमुकाम गमगढी बजारका पसलहरुमा अनुगमन गर्दा मंगलबार म्याद सकिएका दैनिक उपभोग्य बस्तु जफत गरिएकोछ ।
 जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनमा खटिएको टोलीले विस्कुट , दालमोठ, बेसार, चियापत्ति, डाल्डा बनस्पति घिऊ लगायतका दैनिक उपभोग्य वस्तुको म्याद सकिएको भेटाए पछि जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी तोरण परा जुलीले जानकारी दिए ।
लामो समय देखि नाग्म गमगढी सडक खण्ड वर्षाका कारण बन्द रहेको अवस्थामा  बजारमा  दैनिक उपभोग्य वस्तुको अभाव देखिए पछि स्थानीय प्रशासनले अनुगमन थालेको हो । अनुगमन गर्दा यस पटक सवै भन्दा बढि बेसार, विस्कुट को म्याद सकिएको पाइएको अनुगमन टालीले बताएको छ । एक हप्ता अगाडी पनि बजार अनुगमन गर्दा मैदा, चिउरा, चाउचाउ लगायतका दैनिक उपभोग्य वस्तुम्याद सकिएको भेटिए पछि जफत गरिएको थियो।
 उपभोक्ताकोस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने गरि म्याद सकिएका दैनिक उपभोग्य वस्तुबजारमा बेच विखन भईरहेको र बजारमा कृतिम अभाव सृजना गरि काला बजारियाहरुको दवावमा गएको शुक्रवार मुगु उद्योग बाणिज्य संघले मुल्य वृद्धि गरि उपभोक्तालाई मारमा पारेको गुनासाहरु आए पछि बजार अनुगमन गरिएको स्थानीय प्रशासनले जनाएको छ । अब सर्व पक्षिय बैठक गरेर काला बजारिया तथा उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्नेलाई काला बजारी ऐन अनुसार कानुनी दायरामा ल्याईने सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
 मंगलबार अनुगमन गर्दा म्याद सकिएका दैनिक उपभोग्य वस्तु जफत गर्न खोज्दा केहि व्यापारीसंग भनाभन समेत भएको र ति व्यापारी  नेकपा माओवादी सर्मथक रहेको अनुगमन टोलीका सदस्य एवं उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनीधि जर्मन नेपाली ले बताए । उपभोक्ताकोस्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने गरि म्याद सकिएका दैनिक उपभोग्य वस्तु बेच विखन गर्ने र पाटीको आडमा अनुगमन समितिसंग  विवाद गर्न खोज्नेलाई तत्काल कानुनी कारवाही गर्नु पर्ने नेपालीले बताए ।

,

0 comments

बिचार लेख्नुहोस्..