असफल हुँदै खुला दिसा मुक्त क्षेत्र
मुगु न्युज डट कम
श्रावण ३२ ,मुगु
जिल्लामा अहिलेसम्म खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएका गाविसहरु क्रमश असफल हुँदै गएका छन ।
कर्णाली रोजगार कार्यक्रम अन्र्तगत गाविसमा आएको रकम एक घर एक चर्पी अभियानमा खर्च गरि जिल्लाका २४ वटा गाविस मध्य कार्कीवाडा, रारा , भिई, माँग्री, रोवा, पुलु, र किम्री गरि सातवटा गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिए पनि अहिले ति गाविसहरुमा क्रमश असफलता देखिन थालेको छ । खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएका वस्तिहरुमा बाटो घाटोमा नै दिसा र फोहोर देखिन थालेको छ ।
नेपाल सरकारले सन २०१५ सम्म नेपाललाई नै खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निती ल्याए पछि देश भरि नै खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने विभिन्न अभियान सञ्चालन भईरहेका छन । जिल्ला विकास समितिको पाँर्चौ जिल्ला परिषदले २०६९ साललाई सरसफाई वर्ष मनाउने निती पास गरे पछि २०६९ वैशाख ११ गते सरसफाई वर्ष अभियान २०६९ को सुरुवात गरिएको थियो । २०७० असार मसान्तसम्म जिल्लाका २४ गाविस मध्य १० वटा गाविसलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिए पनि जम्मा सातवटा गाविस मात्र खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएका छन ।
खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएका गाविस र गाउँ वस्तिमा खानेपानीको अभाव हुँदा खुला दिसा मुक्त क्षेत्र असफल हुन थालेका छन । नमुना गाविस कार्कीवाडा खुला दिसा मुक्त क्षेत्र घोषणा गरिएको भए पनि अहिले गाविसका वस्तिहरुमा खुला रुपमा दिसा देखिन थालेको छ । गाविसको वडा नम्बर १ देखि ४ वडासम्म रहेको भामवाडा गाउँमा २ सय ४० घर धुरीका लागि गाउँ भन्दा पर एउटा मात्र खानेपानीको धारा रहेको छ । त्यस्तै वडा नम्बर ५ र ६ मा २ सय घर धुरी रहेका छन भने त्यहाँ पनि खानेपानीको एउटा धारा रहेको छ भने त्यस गाउँका स्थानीयवासीहरु कार्कीवाडाबाट पानी बोकेर पिउने गरिरहेका छन ।
विभिन्न गाविस तथा गाउँ वस्तीलाई खुला दिसा मुक्त क्षेत्र घोषणा गरिए पनि नियमित अनुगमनको अभाव, खानेपानीका सम्पन्न भएका आयोजनाको व्यवस्थापनको अभावका कारण खुला दिसा मुक्त गाविस घोषणा गरिएका भए पनि असफल भएको जिल्ला विकास समिति मुगुका स्थानीय विकास अधिकारी भरत गौतमले स्वीकार गरे ।
यसो त एक जनाले एक पटक चर्पी जाँदा चार लिटर पानी आवश्यकता पर्ने गर्दछ तर गाउँमा खाने पानीको समस्या रहेको अवस्थामा चर्पीमा हाल्ने पानी पाउने अवस्था नै छैन । गाविसमा आएको एक घर एक रोजगारको रकम एक घर एक चर्पी निर्माण गर्न शौचालयमा प्रयोग गर्ने सामानमा खर्च गरिएको र खानेपानीको योजना निर्माण गर्न बजेट नभएको कार्कीवाडा गाविसका सचिव रेशम बहादुर रावलले बताए । जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मुगुमा खानेपानी योजनाका लागि धेरै अनुरोध गरिएको भए पनि योजना समेटिन नसकेको रावलको भनाई छ । चालु आर्थिक वर्षमा श्रीनगर गाविसको छत्यालवाडा र कार्कीबाडाको भामवाडाका लागि बृहत खानेपानी आयोजना सञ्चालन गर्ने आश्वासन कार्यालयले दिएको सचिव रावलले बताए ।

0 comments
बिचार लेख्नुहोस्..