रुघा खोकि बाट तिन बालबालिकाको मृत्यु


मुगु न्युज डट कम,
भदौं ९ मुगु-
 जिल्लाको पुर्वि भेकमा पर्ने करान क्षेत्रको पुलु गाविसमा दश दिन अघि देखि फैलिएको रुघा खोकिका कारण तिन जना बालबालिकाको मृत्यु भएको छ भने गाविस भरि प्रकोप फैलिएको छ ।
 पुलु गाविस वडा नम्बर ७,८ र ९ दाउरा गाउमा प्रकोपबाट टासी लामाका २ वर्षीया छोरी सोनाम साङमु लामा, तार्के लामाका ७ वर्षीया छोरी याङजीन लामा र प्रम लामाका २ वर्षीया छोरी कल्पना लामाको मृत्यु भएको स्थानीयवासी पाल्देन लामाले जानकारी दिए । ललामाका अनुसार रुघा खोकि, ज्वरो, पखाला लाग्नुका साथै पेट समेत सुनिने गरेको र यस्तो लक्षण देखिएको तिन चार दिन भित्र बालबालिकाको मृत्यु हुने गरेको छ । यस्तो प्रकोप विस्तारै गाविसका सेरोग, पुअ, ताखा खारी लगायतका गाउँ तिर पनि देखा पर्न थालेको स्थानीयवासीले बताएका छन । दाउरा गाउँमा मात्र डेढ दर्जन बालबालिका प्रकोपले प्रभावित भएको बताईएको छ ।
 अहिलेसम्म जिल्ला स्वास्थ्य कार्यालयमा कुनै जानकारी नआएको र त्यहाँ स्थित स्वास्थ्य चौकिका स्वास्थ्य कर्मिले कुनै जानकारी नपठाएको जिल्ला स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । अहिलेसम्म त्यस्तो कुनै जानकारी आएको छैन वास्तविकता के हो बुझेर तत्काल स्वास्थ्यकर्मिको टोली सहित औषधी प्रकोप प्रभावित क्षेत्रमा खटाईने जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख परशुराम नेपालीले बताए ।
स्थानीयवासीका अनुसार पुल गाविसमा रहेको स्वास्थ्य चौकिमा स्वास्थ्यकर्मि र औषधी समेत छैन । स्वास्थ्यकर्मिहरु महिनाको एक दुई दिन मात्र स्वास्थ्य चौकि खोल्ने गरे पनि अरु बेला प्राय बन्द हुने गरेको स्थानीयको भनाई छ ।


0 comments

बिचार लेख्नुहोस्..