कार्यालय प्रमुख नहुदा लेखानिरीक्षणमा समस्या


नृपेन्द्र बहादुर मल्ल,  मुगु ७  भाद्र
सरकारी कार्यालयहरुको आर्थिक बर्ष २०६९,७० को यर्थात खर्च निरिक्षण गर्न आएको महालेखा निरिक्षण कार्यालयको टोलीलाई जिल्लामा कार्यालय प्रमुख र लेखापालहरु नहुदा लेखा परिक्षण गर्न कठिनाई भएको छ ।आर्थिक वर्ष सकिना बित्तिकै गत साउन महिनाको पहिलो साता आगामी वर्षको कार्यक्रम स्विकृत गर्न,बजेट थप गर्न,गत वर्षका कार्यक्रमहरुको कार्य प्रगती र समिक्षा गर्न भन्दै कार्यालय प्रमुख र लेखापालहरुले जिल्ला छोडेका थिए ।
अहिले जिल्लामा मालपोत,प्रशासन,नापी,प्राविधिक,कृषि र महिला विकास कार्यालयका प्रमुखहरु र लेखापाल मात्र छन भने दर्जन बढी कार्यालयहरु कार्यालय प्रमुख र लेखापाल विहिन छन ।
महालेखा निरिक्षण आउदा लेखापाल र कार्यालय प्रमुख अनिवार्य कार्यालयमा हुनु पर्ने पत्र सम्वन्धित कार्यालयका मन्त्रालयहरुले कार्यालयहरुमा पठाएको भएपनि पत्रको व्यवास्था हुदा लेखा निरिक्षणमा कठिनाई भएको र कार्यालय प्रमुख र लेखापालहरुलाई छिटो जिल्लामा बोलाई दिन प्रमुख जिल्ला अधिकारीलाई भनेको महालेखा निरिषणका टोली प्रमुख महालेखा निर्देशक दामोदर वुडासैनी वताउनु हुन्छ ।
सरकारी कार्यालयहरुको लेखा निरिक्षण गर्न महालेखा निरिक्षणको कार्यालयबाट चार जना टोली जिल्लामा आएको छ । जिल्लामा आएको एक हप्ता दिन भएपनि हालसम्म जिल्ला स्वास्थ्य कार्यालयको मात्र लेखा निरिक्षण सकिएको टोलीले वताएको छ ।
जिल्लामा आउने यातायातको विकल्प नहुदा छिमेकी जिल्ला बाजुरा र जुम्लाबाट दुई दिन हिडेर आउनु पर्ने वाध्यता,भनेको बेला नेपालगंज र सुर्खेतमा हवाईजहाजको टिकट नपाउनुका कारणले कर्मचारी जिल्लामा आउन कठिनाई भएको, प्राय कार्यालय प्रमुख जुम्ला र वाजुरा तिर झरी सकेको, दुई तिन दिन भित्र सबै कार्यालय प्रमुख र लेखापालहरु जिल्लामा पुगी सक्ने कार्यालयहरुले जानकारी दिएको प्रमुख जिल्ला अधिकारी बलभद्र गिरीले वताउनु भयो ।

,

0 comments

बिचार लेख्नुहोस्..