विद्युत आपुर्ति बन्द
मुगु न्युज डट कम,
भदौ १०-
आईतवार देखि गमगाढ साना जल विद्युत आयोजनाको विद्युत गृहमा रहेको जेनेरेटरमा खराबी आए पछि सदरमुकाम लगायत आसपासका गाविसहरुमा विद्युत आपुर्ति ठप्प भएको छ ।
विद्युत गृहमा राखिएको जेनेरेटर भित्र आइृतवार विहान देखि खरावी आए पछि विद्युत सेवा अबरुद्ध भएको आयोजनाले जनाएको छ । आयोजनाको विद्युत गृहमा जडान गरिएका सबै उपकरण चिनको हुनान प्रान्तमा निर्माण भई आएकाले उपकरण विग्रिए पछि मर्मतका लागि प्रविधिक चिनबाट नै झिकाउनु पर्ने अवस्था रहेको आयोजनाले जनाएको छ । विग्रिएको उपकरण हेरफेर गर्ने प्राविधिक नभए पछि विद्युत आपुर्ति सेवा कहिले सुचारु हुन्छ भन्ने एकिन हुन नसकेको आयोजनाका लक्ष्मी उपाध्यायले जानकारी दिए ।
विद्युत आपुर्ति बन्द हुँदा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका दैनिक कामकाज ठप्प भएका छन । विद्युत आपुर्ति असहज भए पछि बजारमा सोलारको खोजि हुन थालेको छ । जिल्लामा सरकारी तथा गैर सरकारी कार्यालयलेकम्प्युटर ,फोटोकपि, फ्याक्स लगायतका कामहरु रोकिएका छन ।
विद्युत सेवा बन्द भए पछि जिल्लामा कार्यारत सञ्चारकर्मिहरुलाई नेपाल टेलिकम मुगु शाखाले सौर्य ऊर्जा र ईन्टर नेटका लागि दैनिक एक घण्टा समय उपलब्ध गराउने भएको छ ।
0 comments
बिचार लेख्नुहोस्..